News Category 2072/11/21
सप्तरीको सिडियोको सरुवा
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले सप्तरीमा आफ्नो तीन महिनाको कार्यकालमा ठूलो उपलब्धी प्राप्त गरेको बताउनुभएको छ ।
आफ्नो तीन महिने कार्यकालको छोटो अवधीपछि सरुवा भएर गोरखा जाने क्रममा बिहीबार राजविराजमा संचारकर्मीहरुसँग भेटघाट गर्दै उहाँले जिल्लाबाट आफूले नचाहेर पनि जानु पर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो । सप्तरी जिल्लाको सिडियोले सम्भवत आप्mनो सरुवा भएको समयमा पत्रकारहरुसँग भेटघाट गरेको पहिलो हो ।
उहाँले शुक्रबार सप्तरीबाट सरुवा भएर गोरखा जिल्ला प्रस्थान गर्नुहुने छ । विगत तीन महिनाको बसाईमा प्रजिअ भट्टले खेल्नुभएको भुमिका सराहनिय रहेको अवस्थामा शुक्रबार उहाँको बिदाई हुने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा उहाँले आफुलाई सप्तरीमा बस्ने मनसायी हुँदा हुँदै पनि गृह मन्त्रालयले आप्mनो सरुवा गोरखा गरेकोले आफु जान लागेको बताउनुभयो । उहाँको स्थानमा सप्तरीमा गोरखाका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम प्रमुख जिल्ला अधिकारी भएर आउँदै हुनुहुन्छ ।
उहाँको बिदाई गर्ने क्रममा नेपाल पत्रकार महासंघ सप्तरीका कार्यबाहक अध्यक्ष श्रवणकुमार देव तथा पूर्व अध्यक्ष शिवहरि भट्टराईले माला लगाएर बिदाई गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ