News Category 2072/11/22
करिब ६ दशकपछि यूवाहरुको सक्रियतामा शिव मन्दिरले पायो नयाँ रुप
दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
करिब ६ दशकदेखी मर्मत सम्भारको पखाईमा रहेको राजविराज १ स्थित हरिनन्देश्वर महादेव मन्दिर (शिव मन्दिर) लाई स्थानिय यूवाहरुको सक्रियतामा जिर्णोद्वार गरिएको छ ।
महाशिवरात्री पर्वको पूर्व सन्ध्यामा राजविराज ७ निवासी शंकर प्रसाद साह लगायत ३५ जना यूवाहरुले मन्दिरलाई मर्मत सम्भारका लागि सक्रियता देखाएका हुन् । करिब २६ दिनदेखी मन्दिरको कम्पाउण्ड, मन्दिर भित्र स्थापित रहेको शिवलिङको छेउछाउमा मार्वल, टायल्स र पर्खालहरुमा प्लाष्टिक पेन्टिङ, मन्दिर भित्रको सम्पूर्ण पर्खाल, भूई, छत लगायतमा मार्वल, टायल्स र पेन्टिङ, बत्ति बिजुली लगायतका कार्यहरु गरिएको छ ।
त्यस्तै मन्दिरमै रहेको महादेवको त्रिशुल समेतलाई ठूला पारिएको छ भने मन्दिरको आङनमा प्लाष्टर गरि सरसफाई गरिएको मन्दिर जिर्णोद्वारका व्यवस्थापक प्रशान्त झाले जानकारी दिनुभयो ।
यूवाहरुले आफ्नै प्रयासमा करिब ४ लाखको लागतमा सो सम्पूर्ण कार्य सम्पन्न गरेको मन्दिर मर्मत सम्भारका अगुवा यूवा साहले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यस पटकको शिवरात्रीमा महादेव मन्दिरले नयाँ रुप पाउने छ र श्रद्धालुभक्तजनहरुले नयाँ व्यवस्थाका साथ पुजा गर्न पाउने छन् ।”
मन्दिरले पुर्नःजन्म पाएको खुशि व्यक्त मन्दिरका मूल पुजारी एवं मन्दिरका संरक्षक राजेश्वर भारती सन्यासी खुशी हुँदै भन्नुभयो, “यो मन्दिरले ५८ वर्ष पछि जिवन दान पायो, यसका लागि सम्पूर्ण युवाहरुलाई म ह्दयदेखी धन्यवाद दिन चाहन्छु ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
- 2082/11/13 आप्mनो उम्मेदवारी निस्कृय पार्दै अर्का उम्मेदवारलाई समर्थन गर्ने क्रम बढ्दै
- 2082/11/13 फागुन १८ गते साँझ ७ बजेदेखी मदिरामा रोक, निर्वाचनको दिन बिहान ५ बजेदेखी ७ बजेसम्म यातायात बन्द
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ