News Category 2072/11/22
परिचय पत्र तथा उचित भरण पोषणको व्यवस्था गर्नुपर्ने हरुवा चरुवाको माग
दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
राज्यले हरुवा चरुवाको सही पहिचान गरी परिचय पत्रको व्यवस्था तथा उचित भरण पोषणको व्यवस्था गर्नुपर्ने माग एक कार्यक्रमका सहभागिहरुले गरेका छन ।
जेनेभा ग्लोबल र द फ्रिडम फाउण्डको सहयोग तथा जनचेतना दलित संगम सिआरडिएस नेपालको आयोजनामा शुक्रबार राजविराजमा आयोजित हरुवा चरुवाको लागि भुमिअधिकार सम्बन्धि जिल्ला स्तरीय कार्यशाला गोष्ठिमा सहभागिहरुले सो माग गरेका हुन ।
कार्यक्रममा सहभागिहरुले ५७ हजार हरुवा चरुवाहरु मधेशमा बसोबास रहेको तथा ती हरुवा चरुवाहरुलाई गास, बाँस र कपासको व्यवस्था राज्यले गर्नुपर्ने संविधानमा व्यवस्था रहेपनि सो कार्यान्वयन हुन नसकेकोमा चिन्ता ब्यक्त गरेका छन ।
मुलुकमा भुमिसुधार लागुपछि पनि हरुवा चरुवाहरु गरीबीकै चपेटामा रहेको आरोप लगाउँदै कार्यक्रममा सहभागिहरुले भुमिहिन हरुवा चरुवाहरुलाई आप्mनै स्वामित्वको जग्गा हुनुपर्ने तथा जसलाई जमिन छैन, त्यसलाई जमिनको व्यवस्था र भुमिहिनहरुलाई जग्गा तथा लालपुर्जाको व्यवस्था राज्यले गर्नुपर्ने जोडदार रुपमा माग गरिएको छ ।
जनचेतना दलित संगमका अध्यक्ष बलदेव रामको अध्यक्षतामा आयोजित सो कार्यक्रममा कार्यक्रम संयोजक मणिलाल विश्वकर्मा, हरुवा चरुवा संघका अध्यक्ष दशन मण्डल, प्रेस स्वतन्त्रता सेनानी वैजनाथ झा, नेपाल पत्रकार महासंघका कावा अध्यक्ष श्रवण कुमार देव सहितकाहरुले हरेक निकायबाट हरुवा चरुवाको मागलाई वेवास्ता गर्दै आएकोले राज्यले हरुवा चरुवालाई सम्पुर्ण सेवा सुबिधा दिनुपर्नेमा जोड दिनुभयो ।
सोही कार्यक्रममा अधिबक्ता बालाराम भट्राईले भुमिहिन सम्बन्धित कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ