News Category 2072/11/28
भारत्तोलनमा काश्य पदक बिजेता पहिलो महिला खेलाडी देवी चौधरी सम्मानित
दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
१२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपालका तर्फबाट भारत्तोलन खेलमा काश्य पदक बिजेता देवी चौधरीलाई बिहीबार राजविराजमा सम्मान गरिएको छ ।
काश्य पदक बिजेता देवी चौधरी नेपालका तर्फबाट भारत्तोलन खेलमा पदक प्राप्त गर्ने पहिलो महिला खेलाडी समेत बनेकी छिन् । उनलाई सम्मान गर्दै राजविराज नगर परिक्रमा समेत गराइएको छ ।
सप्तरी जिल्ला भारत्तोलन संघ नेपालले आयोजना गरेको सो सम्मान कार्यक्रममा पदक बिजेता खेलाडी देवी चौधरीलाई युनिक एजुकेशनल कलेज एण्ड हस्पिटल प्रालिका अध्यक्ष जयप्रकाश ठाकुरले प्रमाणपत्र, नगद तथा दोसल्ला ओढाई सम्मान गर्नुभयो ।
बिजेता खेलाडी चौधरीलाई कार्यक्रमका प्रमुख अतिथि ठाकुरले नगद ५ हजार ५ सय तथा जिल्ला खेलकुद विकास समिति सप्तरीका उपाध्यक्ष धिरेन्द्र बर्माले समेत १ हजार ५ सय नगद समेत प्रदान गर्नुभयो ।
सप्तरी जिल्ला भारत्तोलन संघ नेपालका अध्यक्ष महेश यादवको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा जिल्ला खेलकुद विकास समिति सप्तरीका अध्यक्ष शम्भु यादव, भारत्तोल संघका जिल्ला सल्लाहकार सूर्यनाथ यादव, नागरिक संजालका संस्थापक अध्यक्ष सुखराम यादव, बाबा युथ सेन्टर शम्भुनाथ सप्तरीका अध्यक्ष चन्द्रनारायण चौधरी, नेकपा माओवादीका सप्तरी संयोजक जयप्रकाश यादव लगायतले पदक बिजेता चौधरीले सप्तरीको नाम खेलकुद क्षेत्रमा स्वर्ण अक्षरमा लेखाएको प्रति सम्पूर्ण जिल्लासीले गौरव महसुस गरेको बताउनुभयो ।
त्यस्तै सम्मान कार्यक्रममा भारत्तोलनका प्रशिक्षक दिनेश भुजेललाई भारत्तोलन संघका जिल्ला सल्लाहकार सूर्यनाथ यादव, सहायक प्रशिक्षक पुन्तिलाल यादवलाई खेलकुदका अध्यक्ष शम्भु यादव, कुश्ति खेलमा नेपालबाट प्रतिनिधित्व गरेकी शान्ति चौधरीलाई भारत्तोलनका जिल्ला अध्यक्ष महेश यादवले प्रमाणपत्र र दोसल्ला ओढाई सम्मान गरियो ।
शान्ति चौधरीलाई युनिक एजुकेशनल कलेज एण्ड हस्पिटल प्रालिका अध्यक्ष जयप्रकाश ठाकुरले नगद दुई हजार पाँच सय र खेलकुदका उपाध्यक्ष धिरेन्द्र बर्माले एक हजार १ सय रकम समेत प्रदान गर्नुभयो । उनी भारत्तोलन खेलाडी हुन् । १२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा उनी प्राविधिक कारणले कुश्ति खेलमा प्रतिस्पर्धा गरेकी थिइन् ।
पदक बिजेता देवी चौधरी बि.स. २०५५ सालदेखी २०६३ सालसम्म सप्तरीबाटै भारत्तोलन खेलको प्रतिनिधित्व गर्दै हाल उनी नेपाल प्रहरी टोलीमा आवद्ध छिन् ।
भारत्तोलन खेलबाट नेपालले हालसम्म १ सय ३४ अन्तर्राष्ट्रिय पदक हासिल गरेकोमा ३४ वटा पदक सप्तरीकै खेलाडीहरुले जितेको भारत्तोलनका सप्तरी प्रशिक्षक दिनेश भुजेलले जानकारी दिनुभयो । जसमा स्वर्ण एक, रजत ४ र काश्य २८ रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/29 कार्यसम्पादन मूल्यांकनमा सुरुङ्गा प्रथम, तिलाठी कोईलाडी दोस्रो
- 2082/10/29 नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार
- 2082/10/28 संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
- 2082/10/28 पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
- 2082/10/27 काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई खोजेको हो ः काँग्रेस सभापति थापा
- 2082/10/27 मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
- 2082/10/27 घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
- 2082/10/27 जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
- 2082/10/26 चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
- 2082/10/26 जागिर छाडेर चुनावी मैदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ