News Category 2072/12/08
एसएलसी परीक्षार्थीहरुका लागि रेडियो कार्यक्रमको प्रभाव बढ्दै
दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
सप्तरीमा रेडियो मार्फत प्रवेशिका परीक्षा (एसएलसी) को विद्यार्थीहरुका लागि विभिन्न शैक्षिक सामग्रीहरु प्रसारणमा आएपछि अहिले उनीहरुका लागि प्रभावकारी बनेको छ ।
चैत्र १८ गतेबाट शुरु हुने एसएलसी परीक्षालाई मध्य नजर गरी परीक्षार्थीहरुका लागि गत फाल्गुन १ गतेबाट स्थानीय रेडियो मार्फत अग्रेजी, नेपाली, गणित र विज्ञान विषयको सामग्रीहरु प्रसारण गर्ने कार्यक्रम संचालनमा आएपछि एसएलसी दिने परीक्षार्थीहरुलाई प्रभावकारी भएको हो ।
गत साउन ३० गतेदेखी मधेशमा आन्दोलन जारि रहँदा विद्यालयहरु बन्द भएपछि मधेशका विद्यार्थीहरु पढाईबाट बञ्चित भएका छन् । मधेशका बालबालिकाहरुलाई शैक्षिक क्षेत्रमा ठुलो क्षति पुगेकोले सेभ द चिल्डे«नको सहयोगमा तथा जिल्ला शिक्षा कार्यालय सप्तरीले एसएलसीका परीक्षार्थीहरुका लागि ६ हप्ते स्थानीय रेडियो मार्फत शैक्षि सामाग्रिहरु प्रसारण गर्दै आईरहेको छ ।
यसैक्रममा सप्तरीको जनता मावि बसविटीका छात्रछात्राहरुले उक्त कार्यक्रम संचालनमा आएपछि आफुहरुलाई एसएलसी परीक्षाको तयारी गर्नमा निकै सजिलो भएको कक्षा १० मा अध्ययनरत राम कुमार महतोले खुशी व्यक्त गरे ।
यस्तै अर्का छात्रा सुस्मिता कुमारी यादव भन्छिन, “निश्चित रुपमा रेडियो मार्फत यस्तो कार्यक्रमहरु संचालनमा आएपछि हामी जस्तो गाउँ घरमा बस्ने विद्यार्थीहरुको लागि निकै सजिलो भएको छ ।” उनी भन्छिन्, “रेडियो मार्फत सुनेर एसएलसी परीक्षाको तयारी गर्न मौका पनि पाएको र घरमै बसेर एसएलसी परीक्षाको तयारी गरीरहेको छु ।”
त्यस्तै अर्का छात्र उषा कुमारी यादवले बन्दको समयमा अधुरो रहेको पढाई अहिले रेडियो मार्फत सुनेर पुरा गर्न सजिलो भएको बताए । उनले भने, “विगत ६ महिनादेखिको मधेश आन्दोलनका कारणले आफुहरुले राम्ररीसँग विद्यालय जान सकेनौं तर अहिले रेडियो मार्फत शैक्षिक कार्यक्रम संचालनमा आएपछि निकै सजिलो भएको छ ।”
त्यसैगरी कक्षा १० मै अध्ययनरत अर्की छात्रा अनिता कुमारी महतोको पनि यस्तै कथन रहेको छ । उनी भन्छिन, “आफुरुहलाई रेडियो मार्फत आवश्यक ज्ञानका कुराहरु सुनेर घरमै बसी बसी एसएलसीको तयारी गर्ने अवसरमा पाएकोमा धेरै खुशि भएको तथा अन्य वर्षहरुमा पनि यस्तै कार्यक्रमहरु संचालन गर्न जिल्ला शिक्षा कार्यालय तथा सम्बन्धित निकायसँग आग्रह गर्दछु ।”
यसैबिच सोही सम्बन्धमा विद्यालयका प्रधानाध्यापक श्याम यादवले भविष्यका कर्णाधार मानिने बालबालिकाहरुका लागि रेडियो मार्फत प्रसारण हुने कार्यक्रम वास्तवमै निकै प्रभावकारी भएको तथा यसबाट एसएलसीका परीक्षार्थीहरुका लागि थप सेवा भएको बताउँनुहुन्छ ।
उहाँले स्थानीय रेडियो मार्फत प्रवेशिका परीक्षा (एसएलसी) को विद्यार्थीहरुका लागि विभिन्न शैक्षिक सामग्रीहरु प्रसारणमा आएपछि शिक्षकहरुले समेत सप्ताहको दुई दिनसम्म सो विषयमा विद्यार्थीहरुसँग छलफल गर्ने गरेको बताउँनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ