News Category 2072/12/12
जनतान्त्रिक टाइगरका सैन्य प्रमुखसहित दुई पक्राउ
दैनिक समाचारदाता
धनुषा, ११ चैत ।
जनतान्त्रिक टाईगर जनशक्ति पार्टी नामक भूमिगत संगठनमा आबद्ध पृथ्वी सिंह भनिने कैलाश ठाकुर र कारी भनिने विनोद यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
गत माघ २२ गते धनुषाको बालाबाखरका राजेन्द्र यादवलाई गोली हानी हत्या गरेको, २३ गते धनुषाको बिरेन्द्र बजारका नसिम राईनलाई गोली हानी घाईते बनाएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस्तै पुस २८ गते उनीहरुले सिराहाको गोपाल पेट्रोलपम्पमा बक बिष्फोट गराएको पनि प्रहरीले जनाएको छ ।
साथै ’जनतान्त्रक टाईगर जनशक्ति पार्टी’को नामबाट उद्योगपति, व्यवसायी तथा पेशाकर्मीबाट अवैध चन्दा असुली गर्ने, अपहरण र फिरौती माग गर्ने लगायतमा पनि उनीहरु संलग्न भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार फागुन ९ गते तत्कालीन सैन्य प्रमुख अजय भनिने रामरिझन यादव पक्राउ परेपछि सैन्य प्रमुखको जिम्मेवारी पृथ्वी सिंहले सम्हाल्दै आएका थिए भने कारी भने उनका सहयोगोका रुपमा कार्यरत थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ