News Category 2072/12/13
चिनियाँ सरकारद्वारा संविधानको स्वागतप्रति मधेशी मोर्चाको कडा आपत्ति
दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
चिनिया सरकारद्वारा नेपालको संविधानलाई स्वागत गरेको प्रति संयुक्त लोकतांत्रिक मधेशी मोर्चाले कडा आपत्ति जनाएको छ ।
मोर्चाका शीर्ष नेताहरूले चिनिया सरकारद्वारा मधेशी जनजाति जनतामाथि जबरदस्ती लादिएको नयाँ संविधानलाई स्वागत गरेर देशको दुई तिहाई जनताको भावना माथि ठेस पु¥याएको आरोप मोर्चाका नेताहरूले लगाएका छन् ।
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आफ्नो देशको दुई तिहाई जनताले स्विकार्न नसकेको संविधान बिदेशीलाई गुहारेर स्वागत गराउनुको कुनै अर्थ नरहेको बताउनुभयो ।
चीनले नेपालको संविधानलाई स्वागत गरेकोमा कडा प्रतिक्रिया दिंदै महतोले नेपालको बिभेदकारी र मधेशी, आदिवासी जनजाती, दलित, मुस्लिम बिरोधी सम्बिधानको स्वागत गर्नु अत्यन्त खेदजनक भएको बताउनुभयो ।
महतोले सबैको स्वामित्व नभए सम्म कुनै पनि राष्ट्रले स्वागत गर्नु देशकै बहुसंख्यक जनताको अपमान गर्नु बताउनुभएको छ । उहाँले कुनै देशले स्वागत गर्दैमा आन्दोलन नरोकिने पनि बताउनुभयो । प्रधानमन्त्रीले संविधानमा सबैको स्वामित्व हुनेगरी सम्बोधन नगरी बिदेशीलाई गुहार्दै हिंडेको पनि आरोप लगाउनु भयो । प्रधानमन्त्रीको बिदेशीलाई गुहारेको ब्यवहार हेर्दा नेपालको संविधान नेपाली जनता भन्दा पनि बिदेशी सरकारहरूको लागी बनाए जस्तो देखिएको महतोले बताउनु भयो ।
मधेश आन्दोलनको क्रममा चिनिया सरकारद्वारा नेपालमा आम सहमतिनै नभई जबरदस्ती संविधान जारी गरेको कदमको स्वागत गर्दा मधेशमा कडा विरोधको सामना गर्नु परेको प्रसंग स्मरण गराउंदै चीन सरकारको पछिल्लो कदमले मधेशी जनता अझै आहत भएको बताउनुभयो ।
उहाँले चीन सरकारलाई असल छिमेकी मुलुक सरह व्यवहार गर्न र सरकारको कुरामाथि विश्वास गर्नु भन्दा जनताको भावनाको सम्मान गरि दिन आग्रह गर्नुभएको छ । एक प्रश्नको जवाफ दिंदै सदभावना अध्यक्ष महतोले नेपालका ठूला दल र सरकारले देशको दुई तिहाई जनतालाई विभेदमा पार्दै जबरदस्ती जारी गरिएको संविधानको वास्तविकता बुझाउन आवश्यक परे बीजिंगसम्म पुग्न पनि पछि नपर्ने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/10 जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण
- 2082/05/10 तिलाठी कोइलाडीले अब जिताको पानी किसानहरुको खेतमा पु¥याउँदै
- 2082/05/09 जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
- 2082/05/09 वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
- 2082/05/09 मधेस प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारी साधन हस्तान्तरण
- 2082/05/08 खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
- 2082/05/08 महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
- 2082/05/08 चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु
- 2082/05/06 नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
- 2082/05/06 वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ