News Category 2072/12/18
सप्तरीबाट १५ हजार ८ सय ५४ परीक्षार्थीहरु परिक्षा दिँदै गत वर्ष भन्दा १ हजार ५ सय ९३ बढी परीक्षार्थी
दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
विद्यार्थीहरुको आईरन गेटको रुपमा मानिने एसएलसी आजदेखि मुलुकभरी संचालन हुँदैछ ।
सप्तरीबाट १५ हजार ८ सय ५४ जना परीक्षार्थीहरु आज एसएलसी परीक्षामा सहभागि हुनेछन् । आजदेखी सुरु हुन लागेको २०७२ सालको एसएलसी परीक्षामा सप्तरीबाट नियमित तर्फ ९ हजार १ सय २४ तथा एक्जामटेड तर्फ ६ हजार ७ सय ३० जना परीक्षार्थीहरु सहभागि हुने जिल्ला शिक्षा कार्यालय सप्तरीका परीक्षा शाखा प्रमुख बिरेन्द्र चौधरीले जानकारी दिनुभयो ।
गत वर्षको तुलनामा यस वर्ष सप्तरीमा १ हजार ५ सय ९३ बढी विद्यार्थीहरु सो परिक्षामा सहभागि हुदैछन् । त्यस्तै नियमित तर्फ ४ सय २३, एक्जामटेड तर्फ १ हजार १ सय ७० विद्यार्थीहरु बढी छन् । यसैगरि परिक्षा केन्द्र २ वटा र विद्यालय पनि २ वटा थपिएको छ ।
यस्तै आजबाट सुरु हुने परीक्षामा देश भरिका कुल ६ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी हुने भएका छन् । जसमा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र ‘एक्ज्याम्टेड’ तर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।
यसैगरी प्राविधिकतर्फ तीन हजार २५५ जना परीक्षार्थी सहभागी हुने छन् । सबैभन्दा बढी काठमाडौँमा ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिने छन् । परीक्षाका लागि देशभर एक हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरेको छ ।
एसएलसी परीक्षा चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ । जसअनसार चैत १८ गते अङ्ग्रेजी, चैत १९ गते नेपाली, चैत २१ गते गणित, चैत २२ गते विज्ञान, चैत २३ गते सामाजिक, चैत २४ गते स्वास्थ्य तथा जनसङ्ख्या, चैत २५ गते ऐच्छिक प्रथम, चैत २६ गते ऐच्छिक द्वितीय, चैत २७, २८ र २९ गतेसम्म भने प्राविधिक विषयको बाँकी विषयको परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
कार्यालयले यस वर्षदेखि एसएलसी परीक्षा दिने परीक्षार्थीलाई परीक्षा सकिएकै दिन उनीहरुको परिचयपत्र वितरण गर्ने भएको छ । एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्दा विद्यार्थीको नामथर, जन्ममिति, ठेगाना, अङ्ग्रेजी हिज्जे र परीक्षा दिएको विषय गल्ती कम गर्न परीक्षार्थीलाई परीक्षा सकिएको दिन परिचयपत्र वितरण गर्ने भएको हो ।
यसरी परिचयपत्र वितरण गर्दा त्यसमा भएको विवरण र प्रवेश पत्रमा भएको विवरण फरक परेमा विद्यार्थीले गल्ती भएको विवरण सच्याउन १५ दिनभित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिनसक्ने प्रावधान रहेको छ ।
गत वर्ष चैत ५ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको परीक्षा यस वर्ष भने तराई आन्दोलनका कारण १३ दिन ढिलो सुरु हुने भएको हो ।
यस वर्षको एसएलसी परीक्षाको नतिजा ‘लेटर ग्रेडिङ’मा सार्वजनिक गरिने भए पनि परीक्षा सञ्चालनको विधि भने विगतका वर्षमा जस्तै हुनेछ । परीक्षामा अमर्यादित कार्य गर्ने व्यक्ति र नक्कली परीक्षार्थीलाई रु एक लाख जरिवाना वा छ महिना कैद वा दुवै सजाय गर्ने व्यवस्था गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ