News Category 2072/12/18
तीन लाख खर्चेर मन्त्रिले गरे २० हजारको सोलारबत्ति उद्घाटन
दैनिक समाचारदाता
सिरहा, १७ चैत ।
मन्त्रीको सुविधावापत पाउने गाडी नचढेर आफ्नो सुरक्षाकर्मीलाई समेत साइकल चढ्न लगाउने वातावरण तथा जनसंख्या मन्त्री विश्वेन्द्र पासवानले पाएको चर्चा मंगलबार सिरहामा २० हजारको सोलारबत्ति उद्घाटन गर्न तीन लाख खर्च गरेर आएको घटनाले मन्त्रीको चरित्र उदाङ्गो गरेको छ ।
मन्त्री पासवान मंगलबार २० हजार रकम पर्ने दुई थान सोलारबत्तिको उद्घाटन गर्न ३ लाखको हेलिकप्टर चार्टर गरेर सिरहा आइपुगे । व्यस्त तालिका हुँदा कुनै विशेष कार्यक्रममा सहभागी हुन लागि मन्त्रीले हेलिकप्टर प्रयोग गर्नुलाई अस्वभाविक मान्दैनन् । तर, मन्त्री पासवान भने कुनै विशेष काम नभएर २ थान सोलारबत्ति उद्घाटन गर्न हेलिकप्टर चार्टर गरेर गृह जिल्ला सिरहा आएर काठमाडौं फर्किएका छन् ।
मन्त्रालयको सहयोगमा आफना निजी कार्यकर्तासंग सिरहाको बेल्हा गाबिसको स्थानिय डिहबार मन्दिर र मदरसामा जडान गरिएका २० वाट क्षमताको सोलार बत्ति उद्घाटन गर्न मन्त्री पासवान राज्यको ढुकुटीबाट हेलिकप्टर चार्टर गरेर सिरहा आएका हुन् ।
२० वाट क्षमताको सोलारबत्तिको स्थानीय बजार भाउ दर १० हजार पर्छ । २ थानको २० हजार पर्ने सोलारबति उद्घाटन गर्न ३ लाख खर्च गरेर ९एन आरएएल कलसाइन भएको हेलिकप्टर चार्टरबाट मन्त्री पासवान बेल्हा आएपछि हेलिकप्टर हेर्न सयौंको भीड थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ