News Category 2072/12/18
तीन लाख खर्चेर मन्त्रिले गरे २० हजारको सोलारबत्ति उद्घाटन
दैनिक समाचारदाता
सिरहा, १७ चैत ।
मन्त्रीको सुविधावापत पाउने गाडी नचढेर आफ्नो सुरक्षाकर्मीलाई समेत साइकल चढ्न लगाउने वातावरण तथा जनसंख्या मन्त्री विश्वेन्द्र पासवानले पाएको चर्चा मंगलबार सिरहामा २० हजारको सोलारबत्ति उद्घाटन गर्न तीन लाख खर्च गरेर आएको घटनाले मन्त्रीको चरित्र उदाङ्गो गरेको छ ।
मन्त्री पासवान मंगलबार २० हजार रकम पर्ने दुई थान सोलारबत्तिको उद्घाटन गर्न ३ लाखको हेलिकप्टर चार्टर गरेर सिरहा आइपुगे । व्यस्त तालिका हुँदा कुनै विशेष कार्यक्रममा सहभागी हुन लागि मन्त्रीले हेलिकप्टर प्रयोग गर्नुलाई अस्वभाविक मान्दैनन् । तर, मन्त्री पासवान भने कुनै विशेष काम नभएर २ थान सोलारबत्ति उद्घाटन गर्न हेलिकप्टर चार्टर गरेर गृह जिल्ला सिरहा आएर काठमाडौं फर्किएका छन् ।
मन्त्रालयको सहयोगमा आफना निजी कार्यकर्तासंग सिरहाको बेल्हा गाबिसको स्थानिय डिहबार मन्दिर र मदरसामा जडान गरिएका २० वाट क्षमताको सोलार बत्ति उद्घाटन गर्न मन्त्री पासवान राज्यको ढुकुटीबाट हेलिकप्टर चार्टर गरेर सिरहा आएका हुन् ।
२० वाट क्षमताको सोलारबत्तिको स्थानीय बजार भाउ दर १० हजार पर्छ । २ थानको २० हजार पर्ने सोलारबति उद्घाटन गर्न ३ लाख खर्च गरेर ९एन आरएएल कलसाइन भएको हेलिकप्टर चार्टरबाट मन्त्री पासवान बेल्हा आएपछि हेलिकप्टर हेर्न सयौंको भीड थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ