News Category 2072/12/18
फोरम नेपालको सलहेश क्षेत्रको बैठकबाट विभिन्न निर्णय सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
संघीय समाजवादी फोरम, नेपाल सलहेश क्षेत्रको प्रथम पूर्ण बैठकबाट विभिन्न ६ बुँदे निर्णयहरु गरेको छ ।
फोरम नेपालका सलहेस क्षेत्र इन्चार्ज शैलेन्द्रप्रसाद साहको अध्यक्षतामा सिरहाको चोहर्वामा सम्पन्न बैठकले प्रतिगमनको विरुद्ध सुरु भएको शान्तिपूर्ण आन्दोलनमा सरकारको तर्फबाट अत्यधिक बल प्रयोग गर्दा सप्तरी, सिरहा लगायत तराई÷मधेश र थरुहटका अन्य जिल्लाहरुमा गरी करिब पाँच दर्जन मधेशी सपुतले सहादत प्राप्त गरेका वीर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गरिएको हो ।
त्यस्तै बैठकले वर्तमान आन्दोलनमा राज्य आतंकद्वारा मृतक ब्यक्तिहरुलाई अविलम्ब सहिद घोषणा गरी सहिद परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुका साथै अंगभंग र घाइते भएका सम्पूर्ण योद्धाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण घाइतेको उपचार खर्च तथा गिरफ्तार ब्यक्तिहरुको रिहा र झुठा मुद्दाहरुको खारेजी गर्न सरकारसँग माग गरिएको छ ।
यस्तै बैठकद्वारा सलहेस क्षेत्रीय समितिका सचिवमा सप्तरीका शम्भु झालाई चयन गरिएको छ भने शैलेन्द्रप्रसाद साह इन्चार्ज रहने गरी सदस्यहरुमा अनिरुद्ध प्रसाद सिंह, मनोरञ्जन गोइत, विनोद चौधरी, मो. खालिद सिद्धिकी, सूर्यनाथ यादव, शम्भु झा, शोभादेवी मण्डल र विशेश्वर यादव सम्मिलित ९ सदस्यीय सचिवालय गठन गरिएको छ ।
यसैगरी सप्तरी तथा सिरहा जिल्ला कार्यसमितिलाई संगठन विस्तार लगायत केन्द्रीय परिपत्रहरुको कार्यान्वयन गर्नुकासाथै जिल्ला अधिवेशन समयमा सम्पन्न गर्न निर्देशन दिनुका साथै सलहेश क्षेत्रका सदस्य सुखराम यादवलाई बिना कारण सप्तरी प्रहरीले मिति चैत १४ गते पक्राउ गरी बदनियतपूर्ण तरिकाले विभिन्न यातना दिएको घटनाप्रति बैठकले खेद ब्यक्त गर्दै आइन्दा यस्तो कार्य नदोहो¥याउन सचेत समेत गराएको छ ।
यस्तै सो बैठकले सप्तरी र सिरहा जिल्लाका सबै पहिचानवादी आन्दोलनकारी शक्तिहरुलाई वृहत संघीय गठबन्धनमा आबद्ध भई जारी आन्दोलनमा सक्रिय सहभागिता जनाउन अपिल गर्दै आमहड्ताल स्थगित भएको लामो समय बित्दा पनि सप्तरी तथा सिरहामा पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन नसकिरहेकोले कालोबजारी बढ्दै गएको हुँदा अबिलम्ब सहज आपूर्तिको ब्यवस्था मिलाउन स्थानीय प्रशासनसँग माग गरेको छ ।
त्यस्तै सो पूर्ण बैठकमा पार्टीका केन्द्रीय कोषाध्यक्ष विजयकुमार यादव, केन्द्रीय सदस्यहरु, केन्द्रीय परिषद सदस्यहरु, जिल्ला अध्यक्षहरु, साँसदहरु लगायत सलहेश क्षेत्रका ३१ जना सदस्यहरुको सहभागिता रहेको फोरम नेपालले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ