News Category 2072/12/19
भूकम्प र मधेश आन्दोलनले पाठ्यक्रम पुरा नभएपछि तराई मधेशका विद्यार्थीहरुलाई समस्या
नवीनकुमार गुप्ता
राजविराज, १८ चैत ।
बिहीबारदेखी देशभर प्रवेशिका परिक्षा सुरु भएको छ । तर, भूकम्प र मधेश आन्दोलनले पाठ्यक्रम पुरा नभएपछि तराई मधेशका विद्यार्थीहरु समस्या परेको बताएका छन् । उनीहरुले पढाई नभएका विषयबस्तु पनि परिक्षामा आएकाले लेख्न समस्या भएको बताएका हुन् ।
राजविराजस्थित पविउमावि परिक्षा केन्द्रमा सहभागि भएकी कन्या मावि राजविराजकी परिक्षार्थी पुजा साह परिक्षाबाट बाहिरिने क्रममा उनको मुहार हासिलो थिएन् । किन भने परिक्षामा नपढेको विषयबस्तुहरु पनि प्रश्नको रुपमा आएपछि उनले हल गर्न नसक्दा चिन्तित देखिन्थिन् । शिक्षा नियमावली अनुसार वर्षको एक सय ९२ दिन पठनपाठन् अनिवार्य भई पाठ्यक्रम सिध्याउनु पर्ने उल्लेख छ । तर, नेपालमा शैक्षिक सत्र सुरु भएकै बेला महाभूकम्पको डेढ महिना र मधेश आन्दोलनको लगातार ५ महिना विद्यालय बन्द हुँदा मुश्किलले आधा मात्र पाठ्यक्रम सक्दा पुजा जस्तै प्राय जसो सप्तरीका प्राय जसो सबै परिक्षार्थीलाई यस्तै चिन्ताले सताएको छ ।
पढाइ भएका विषयबस्तु समेटिएर आएका प्रश्नहरुको सजिलै हल गरे पनि नपढेका प्रश्नहरुको उत्तर दिन केही समस्या भएको राजविराजकै एक परिक्षा केन्द्रमा भेटेका बभनगामा कट्टी उमाविका परिक्षार्थीले बताए ।
यता, शिक्षा क्षेत्रका जानकारहरुले भ्याएको समयमा पाठ्यक्रम सकाउन प्रयास गरिए पनि अधिकांश सामुदायिक विद्यालयहरुमा ६० प्रतिशत भन्दा कमै पढाई भएको सुनाउछन् । जसले गर्दा अहिलेको परिक्षामा विद्यार्थीलाई समस्या भएको बताउछन् ।
मधेश आन्दोलनले सप्तरीमा विद्यालय शिक्षालाई धरासायी नै बनाए पनि अतिरिक्त रुपमा रेडियो सिकाई कार्यक्रम लागु गरियो । तर, त्यो पनि प्रभावकारी हुन सकेन् । शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराईले नियममा हिड्नु पर्ने बाध्यताले आफूहरु सक्दो कोर्ष सिध्याउने विभिन्न प्रयासहरु गरेको दाबी गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ