News Category 2072/12/21
भ्रष्टाचारमा स्वयंम सरकार संलग्न ः नेकपा संयुक्त
राजविराज÷नेपाल कम्युनिष्ट पार्टी संयुक्तको नवौं महाधिवेशनको चौथो पोलिटब्युरो बैठक तथा प्रथम प्रादेशिक भेलाले विभिन्न आठ बुँदे निर्णयहरु गरेको छ ।
राजविराजमा शनिबार सम्पन्न भेलाबाट पार्टीका अध्यक्ष गणेश शाहद्वारा जारी विज्ञप्तीमा मधेश आन्दोलनमा घाईते भएकाहरुको यथाशिघ्र स्वास्थ्य, उचित क्षतिपुर्ति, उपचार खर्च उपलब्ध गराउनुपर्ने तथा आन्दोलनमा ज्यान गुमाएकाहरुप्रति शोक प्रस्ताव समेत पारित गरिएको छ ।
त्यस्तै वर्तमान सरकार मुलुकको स्थिति यथावत राखि कालोबजारी, महँगी, भ्रष्टाचारमा स्वयं संलग्न रहेको भन्दै आम जनतालाई शान्ति सुरक्षा दिन नसकेको, आम नागरिकको जनजीवन समान्य र सहज गर्नुपर्ने, भुकम्पबाट पीडित रहेकाहरुलाई पुर्ननिर्माण कार्य सरकारले गर्नुपर्ने तथा तीन दलको दलिय केन्द्रिय स्वार्थ र भागबण्डाको कारणले पीडितहरु पानी, हावाहुरीबाट खुल्ला आकाशमुनि बस्न बाध्य रहेको अवस्थामा पुर्न निर्माण कार्य गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै संविधान घोषणा भईसकेपछि राजनैतिक अन्र्यालता झन विकसित भएको तथा वर्तमान सरकारमा रहेका दल र प्रतिपक्षमा रहेका दलहरुले सहमतिको आधारमा निकासको खोजी समाधान गर्न आवश्यक रहेकोमा ठुला दलका नेताहरु सहमति सहकार्यको बाटो नलिई बहुमतको आडमा दमन गरी अगाडी बढिरहेकाले द्वन्द्वलाई आमन्त्रण गरेको जनाइएको छ ।
यसैगरी चिन भ्रमण तत्काल नेपालको लागि आवश्यक देखिएको विषयमा एजेन्डामा नपर्नु, ती विषयमा सन्धि, सम्झौता नहुनु नेपाल पक्षबाट रहेका कमजोरी हुन गएको, यातायात र पारवहन सन्धिले नेपालको उत्तरी सिमालाई अन्य देशहरुसँगको सम्बन्ध सम्पर्कलाई खुल्ला भएकोमा चिन लगायत अन्य मित्र राष्ट्रहरुसँगको पहुँच सहज गरेको यसलाई सही रुपमा उपभोग गर्न सकियो भने दिर्घकालिन फाईदा लिन सकिने तर यसका लागि पुर्वाधार निर्माूणमा नेपालको तदारुखता साथ पहलकदमी गर्नु आवश्यक रहेको उल्लेख गरिएको छ ।
यस्तै पार्टी मधेश लगायतका देशका विभिन्न क्षेत्र, जाति, धर्म, भाषा तथा लिंगको आधारमा गरिने विभेदको अन्त्य हुनुपर्नेमा जोड दिदै यो पार्टी नीति रहेको र यसै आधारमा मधेश आन्दोलनमा उठेका जनसरोकार जायज मागहरुको समर्थन गर्दै मधेश प्रति गरिने विभेद र थिचोमिचोको विरोध गर्दै आएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ