News Category 2072/12/30
हरिहरपुरका अग्निपीडित परिवारलाई राहत
दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
सप्तरीको हरीहरपुर गाविसका अग्निपिडित परिवारलाई सोमबार एक संस्थाले राहत स्वरुप विभिन्न सामग्रीहरु प्रदान गरेको छ ।
हेल्प नेपाल नेटवर्क काठमाण्डौको सहयोग तथा धर्मी हल्फा महिला विकास क्लव लालापटीको आयोजनामा हरिहरपुर गािवसका ८ जना अग्निपीडित परिवारलाई राहत प्रदान गरेको हो ।
क्लवका अध्यक्ष एवं समाजसेवी ई.सुर्य नारायण यादवको अध्यक्षता तथा पुर्व सांसद असर्फी सदाको प्रमुख आतिथ्यमा आयोजित सो राहत वितरण समारोहमा गाविस सचिव मिश्री लाल यादव, हरीहरपुर गाविसका विवर्तमान गाविस अध्यक्ष बद्री नारायण चौधरी, स्वास्थ्य चौकी प्रमुख राज कुमार यादव, जनता निमावि मैटकडीका प्रअ हंसराज चौधरी, थारु कल्याणकारीणी सभा सप्तरीका अध्यक्ष अरुण कुमार चौधरी, साना किसान सहकारी संस्थाकी अध्यक्ष आशा कुमारी चौधरी, स्थायी क्लव सितापुरका अध्यक्ष भवानी चौधरी लगायतकाहरुले त्यहाँका अग्निपीडित परिवारलाई राहत स्वरुप विभिन्न सामग्रीहरु प्रदान गरियो ।
गत चैत्र २७ गतेमा हरिहरपुरमा भएको आगलागीमा परी स्थानीय बिन्देश्वर चौधरी, भुलटी देवी चौधरी, असर्फी सदा, बुतुर सदा, विष्णुदेव विश्वकर्मा, बच्चालाल माईल, शशि चौधरी र भोला चौधरीलाई राहत स्वरुप त्रिपाल १ थान, थाल ५ थान, ग्लास ५ थान, कराही १ थान, डेक्ची १ थान, टण्डु पैन्यु १ थान, धोती, साडी, सर्ट, पेन्ट लगायतका सामगी्रहरु प्रदान गरिएको क्लवका अध्यक्ष ई.यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ