News Category 2073/01/01
डा. भट्टराईले हुलाकी राजमार्गबाट मधेश जागरण अभियान थाल्ने
दैनिक समाचारदाता
राजविराज, ३० चैत ।
प्रदेश नं. २ बाट मधेश जागरण अभियानको शुभारम्भ गर्नका लागि नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई बैशाख ३ गते सप्तरी आउँदै हुनुहुन्छ ।
नयाँ शक्ति नेपाल जिल्ला तदर्थ समिति सप्तरीले मंगलबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत सो जानकारी दिएको हो ।
आयोजित पत्रकार सम्मेलनमा जिल्ला तदर्थ समितिका संयोजक अनिल साहले प्रदेश नं. २ मा मधेश जागरण अभियानको शुभारम्भ सप्तरीबाटै केन्द्रिय संयोजक भट्टराईले गर्नुहुने जानकारी दिदै २ नम्बर प्रदेशका ८ वटै जिल्लामा पर्ने हुलाकी राजमार्गको निरिक्षण समेत गर्ने जानकारी दिनुभयो ।
उहाँले मधेश प्रति उठेका प्रश्न र मधेशी जनताको असन्तुष्टि, मागबारे डा.भट्टराईले मधेशी जनता समक्ष पुगेर जानकारी लिने बताउनुभयो ।
बैशाख ३ गते डा.भट्टराईले सप्तरीको भारदहमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्दै सदरमुकाम राजविराजमा आयोजना हुने सभालाई समेत सम्बोधन गरि हुलाकी राजमार्गको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
सो कार्यक्रमका लागि तदर्थ समितिका संयोजक अनिल साहको संयोजकत्वमा मुल आयोजक समिति, केन्द्रिय परिषद्का सदस्य छेदी रजकको संयोजकत्वमा आर्थिक समिति, केन्द्रिय परिषद्का सदस्य देव नारायण यादवको संयोजकत्वमा प्रचार प्रसार, व्यवस्थापन, मंच समिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सो पत्रकार सम्मेलनमा नयाँ शक्ति नेपालका केन्द्रिय परिषद्का सदस्य डा.मनोज सिंह, छेदी रजक, कृष्ण प्रसाद गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ