News Category 2073/01/01
राजविराज फुटबल क्लवको अगुवाईमा प्रतियोगिता हुँदै
दैनिक समाचारदाता
राजविराज, ३० चैत ।
नयाँ वर्षको अवसरमा राजविराजमा बैशाख २ गतेदेखि फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ ।
फुटबल खेलको खडेरी भइरहेको अवस्थामा स्थानिय युवा फुटवल खेलाडीहरुको अग्रसरतामा प्रथम राजविराज फुटबल प्रतियोगिता हुँदैछ ।
फुटबल खेलाडीहरु आफ्नै लगानी र अग्रसरतामा राजविराज फुटबल क्लव गठन गरी प्रतियोगिता आयोजना गर्न लागेको अगुवा उमेश यादवले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका बिभिन्न आठ वटा क्लव र प्रहरी टोलीको समेत प्रतियोगितामा सहभागिता रहनेछ ।
प्रतियोगिताको उद्घाटन खेल सगरमाथा अंचल प्रहरी कार्यालय र तेरहौता टिमबीच हुने आयोजजक समितिका प्रज्वल बस्नेतले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु १५ हजार र दोस्रो हुने टिमलाई रु ७ हजारसहित मेडल, कप र प्रमाण पत्र दिइनेछ । प्रतियोगिताका सहभागि टिमहरुलाई यातायातको सुविधा समेत दिइने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ