News Category 2073/01/02
आगलागिमा १६ घर जलेर नष्ट ४५ लाख बराबरको क्षति
दैनिक समाचारदाता
राजविराज, १ बैशाख ।
सप्तरीको देउरी भरुवा गाविस र सारस्वर गाविसमा आगलागि हुँदा १६ घर जलेर नष्ट हुँदा करिब ४५ लाख बराबरको क्षति भएको छ ।
जिल्लाको देउरी भरुवा गाविस ६ मा बुधबार बिहान आगलागी हुँदा ६ परिवारका १४ घर जलेर नष्ट भएका छन् ।
देउरीभरुवा ६ निवासी सोफी मण्डलको भान्सा घरमा बालेको चुल्होबाट अचानक आगलागी हुँदा सो घरलगायत अन्य पाँच घर जलेर नष्ट हुँदा २५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागी प्रहरी, स्थानियवासी र दमकलको प्रयासमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै मंगलबार साँझ जिल्लाको सारस्वर ४ स्थित अब्दुल सलाम अन्सारी मिँयाको घरबाट अचानक आगलागि हुँदा करिब २० लाख बराबरको क्षति भएको छ । सो आगलागिमा एक लाख नगद समेत जलेर नष्ट भएको छ ।
अब्दुलसहित मो. गुफरान अन्सारीको टिनको छानो भएको घर र भित्र रहेको एक किलो ५ सय ग्राम चाँदी, दुई तोला सुन, तीन वटा साइकल, नगद १ लाख समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उक्त आगो नेपाल प्रहरी र स्थानियबासिको सहयोगमा नियन्त्रणमा आएको थियो ।
यसैबीच सद्भावना पार्टीका नेता मृगेन्द्र कुमार सिंह यादवले अग्निपीडित गुफरानलाई राहत सामाग्रि प्रदान गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ