News Category 2073/01/02
जिल्लाको अवस्था खस्कदै गएकोप्रति वरिष्ठ बामपंथी नेता बर्माको चिन्ता
दैनिक समाचारदाता
राजविराज, १ बैशाख ।
वरिष्ठ वामपंथी नेता कृष्णराज वर्माले आफ्नो जन्म र कर्म स्थान राजविराज नगर र सप्तरीको विकास प्रति बढी चिन्तित तथा गम्भिर भएर २०७३ सालको नव वर्षको अवसरमा राजनीति पार्टीहरु, नागरीक समाज, बौद्धिक समाज र सञ्चारकर्मीहरुलाई सुझाव तथा गुनासोहरु प्रस्तुत गर्नु भएको थियो ।
उहाँले नगरको सडकको विकास औद्योगिक विकास बारे संगठित रुपले प्रयास गर्नुपर्ने सुझाव दिदै भन्नुभयो, “विराटनगरको विकास देखेर राजविराजको पनि विकास हुनु पर्दथ्यो, तर, हामीले पूर्वाधार विकास गर्न सकेनौं” ।
सो अवसरमा खानेपानी, स्वास्थ्य र शिक्षाको खस्कदो अवस्था बारे चिन्ता व्यक्त गर्दै उहाँले सुधार कसरी हुन्छ समाजसेवा अपेक्षा राख्नु भएको थियो । एउटा अठोटका साथ यहाँका राजनीतिक पार्टीहरुले विकासलाई अगाडि बढ्नु पर्ने उहाँको सुझाव छ ।
विगतको सम्झनालाई उद्धृत गर्दै भन्नुभयो, “राजविराज नगरपालिका कायम गर्दा तीन जनाको कमिटिमा आफु र दुई जनामा सीताराम काँवरा र राधाकान्त मुन्शी रहेका थियौं ।” सोही अवसरमा वर्माले सप्तरीका प्रथम पत्रकार, प्रथम राजनीतिज्ञ र प्रथम शिक्षाप्रेमी हुँ भन्दै कम्युनिष्ट आन्दोलन क्रममा किसानहरुको शोषणको अन्त गर्न विभिन्न घटित उदाहरणहरु सुनाउनु भएको थियो ।
उहाँले आफ्नो जिल्ला र नगरप्रति आफू अत्यन्त दुःखीत रहेको बेला सबै पार्टीका प्रमुखहरुलाई जानकारी दिँदा पनि एमाले र राप्रपा नेपालका प्रतिनिधि मात्र उपस्थित भएको गुनासो गर्नुभयो ।
उहाँले यो माटोसँग प्रेम माया छ त्यसैले “च्बवदष्चबव म्भअबिचबतष्यल” किन नगर्ने प्रश्न गर्नु भयो ।
सोही अवसरमा नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द न्यौपाने, राप्रपा नेपालका केन्द्रिय सदस्य सुवास चन्द्र झा, बौद्धिक समाज सप्तरीका संयोजक अमर कान्त झा, सचिव अनिल कुमार अनल, प्रा.डा.पीताम्बर यादव, पत्रकार शिवहरि भट्टराई, बैद्यनाथ झा, नेपाल पत्रकार महासंघ सप्तरीका कावा अध्यक्ष श्रवण कुमार देव, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधान, नागरिक समाजका थान सिंह भंसाली लगायतले जिल्लाको विकास प्रति चिन्ता व्यक्त गर्दै आफ्ना विचार राख्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ