News Category 2073/01/04
सिंहदरबारमा दबाब सृजना गरेर मात्र मधेशीको अधिकार सुनिश्चित हुने ः डा. भट्टराई
दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सिंहदरबारमा दबाब सृजना गरेर मात्र मधेशीको अधिकार सुनिश्चित हुन सक्ने बताउनुभएको छ ।
सप्तरीको पोर्ताहाबाट शुक्रबारदेखी मधेश जागरण अभियानको शुभारम्भ गर्दै संयोजक डा.भट्टराईले सो कुरा बताउनुभएको हो ।
उहाँले सप्तरी आन्दोलनको उर्वराभूमी हो भन्दै सिमांकनमा केही असन्तुष्टि रहेको स्वीकार गर्दै सच्चाउनु आवश्यक भएको विचार ब्यक्त गर्नुभयो । भारत र चीनप्रति इंकित गर्दै संयोजक भट्टराईले कुनै पनि बहानामा दुबै छिमेकी मुलुकसँग असन्तुष्टि जनाउनु नेपाललाई नै घाटा हुने जिकिर गर्नुभयो ।
सोही अभियान अन्तरगत शुक्रबारै राजविराजमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक भट्टराईले पाँच महिनासम्म मधेशी दलहरुले गरेको आन्दोलनबाट कुनै उपलब्धी नभएपछि अबको आन्दोलन सिंहदरबारमै दबाब सृजना गर्नुपर्ने दोह¥याउँदै आन्दोलनमा सम्पूर्ण मधेशी, आदिवासी, जनजाती, थारु, मुश्लिम तथा खसआर्यहरुलाई नसमेटेकै कारण तुहिन पुगेको विश्लेषण सुनाउनुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले मधेशीहरु नेपाली नै हुन उनीहरुलाई कसैले केही भन्नु पूर्व आफु कहाँबाट आएको कुरा बिर्सनु नहुने धारणा राख्नुभयो ।
डा. भट्टराईले काँग्रेस कुनै नीति नै नभएको पार्टी र एमाले संघीयता बिरोध पार्टी भएकोले आफूले अन्तिम समयमा आएर संविधान जारि गर्न हस्ताक्षर गर्नुपरेको स्पष्ट पार्दै यदी संविधान जारि गर्न हस्ताक्षर नगरेको भए आज मुलुकमा एमाले काँग्रेस हाबी हुन सक्ने दाबी गर्नुभयो । काँग्रेस–एमालेपछि यतिबेला एमाओवादी पनि आफ्ना विचारधारबाट विचलित भएको दाबी गर्दै संयोजक भट्टराईले सत्तालिप्सामा एमाओवादी लागेको आरोप लगाउनुभयो ।
उहाँले संविधान जारि भइसकेको अवस्थामा प्राप्त भएका उपलब्धीहरुलाई जोगाउनु नै आजको आवश्यकता रहेको भन्दै राज्य पुर्नसंरचना आयोगको प्रतिवेदनमा केही हेरफेर गरेर अगाडी बढ्नु पर्ने जिकिर गर्नुभयो ।
आन्दोलनको क्रममा पहिलो शहीद भएका भारदका राजीव राउत, पोर्ताहाका रामकृष्ण राउत र डाढाका विरेन्द्र रामका परिवारलाई नयाू शक्तिका संयोजक डा. भट्टराईले दोसल्ला ओढाएर सम्मान गर्नुभयो । पोर्ताहामा कार्यक्रम सकिएलगत्तै राजविराजमा आयोजित कार्यक्रममा आन्दोलनकै ज्यान गुमाएका राजविराजका दिलीप साह, जमुनी मधेपुरका नागेश्वर यादव र शिवशंकर दासका परिवारलाई संयोजक डा. भट्टराईले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । सोही कार्यक्रममा आन्दोलनका क्रममा घाइतेहरु भएकाहरुलाई समेत उहाँले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
शुक्रबार बिहान सप्तरी आउनुभएका संयोजक भट्टराई भोलीबाट मधेस जागरण अभियानकै क्रममा प्रदेश नम्बर २ अन्तर्गत ८ वटै जिल्लास्थित अति जिर्ण बनेका हुलाकी राजमार्गको स्थलगत निरीक्षण गर्ने कार्यक्रम तय भएको नयाँ शक्ति नेपाल सप्तरीका संयोजक अनिल साहले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ