News Category 2073/01/15
सप्तरीमा निःशुल्क पाठ्य पुस्तक वितरण गरिँदै
दैनिक समाचारदाता
राजविराज, १४ बैशाख ।
हामी सबैको इच्छा, सर्व सुलभ विद्यालय शिक्षा भर्ना अभियान २०७३ को नारा संगै नेपाल सरकारले थालिएको बालवालिका भर्ना कार्यक्रम अन्र्तगत सप्तरीमा निःशुल्क पाठ्य पुस्तक वितरण गरेको छ ।
जिल्ला शिक्षा कार्यालय सप्तरीले जिल्लाको ३० विद्यालयमा एक कर्यक्रमको आयोजना गरी सामुहिक रुपमा भर्ना अभियानसंगै निःशुल्क रुपमा पाठ्य पुस्तक वितरण गरेको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लामा प्रारम्भीक शिक्ष पढ्ने बालवालिकादेखी कक्षा १० सम्मका विद्यार्थीहरुको नयाँ भर्ना र निःशुल्क पठ्य पुस्तक वितरण गरेको हो ।
विद्यालय भर्ना कार्यक्रममै सप्तरीको जनहित प्रावि वनरझुल्लामा ८ जना डोम समुदायका बालवालिका तथा १० जना फरक क्षमता भएका विद्यार्थीहरुलाई समेत विद्यालयमा भर्ना गरी पाठ्य पुस्तक दिईएको सहायक जिल्ला शिक्षा अधिकारी शंकर प्रसाद लुईटेलले जानकारी दिनुभयो ।
जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराइृको अगुवाईमा चलाईएको भर्ना अभियान तथा पाठ्पुस्तक वितरण कार्यक्रमलाई सफल बनाउन जिल्लाका सम्पुर्ण सरोकार वालाहरु कार्यक्रममा सहभागी भएको थिए । जिल्लाको श्री राप्रावि भिमपुर, मुसिलाल जनता उमावि कुसहा, श्री चन्द्रा उच्च मावि वोदे बर्साईन, श्री जनता रामेश्वर मेमोरियल मावि ब्रहमपुर, मावि इटहरी विषणुपुर, प्रवि रंजीतपुर, मावि वसविट्टी, प्रावि कल्याणपुर, मावि पंसेरा, जनहित प्रावि बनरझुल्ला लगायतको विद्यालयमा कार्यक्रम गरी जिल्ला शिक्षा अधिकारी लक्षमी प्रसाद भट्राई र सहायक जिल्ला शिक्षा अधिकारी शंकर प्रसाद लुईटेलले पाठ्य पुस्तक वितरण गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ