News Category 2073/03/11
एक असईसहित तीनको हत्या
दैनिक समाचारदाता
राजविराज, १० असार ।
६ महिनाको अवधिमा सप्तरीमा एक असई, एक बालक र एक महिलाको हत्या भएको छ भने दुई महिला बलात्कृत, चार महिलामाथि बलात्कारको प्रयास, ८ बालिकाको बलात्कार, ३ बालिकामाथि बलात्कारको प्रयास भएको छ ।
मानवअधिकार तथा सामाजिक न्यायका निम्ति स्थापित अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीका प्रतिनिधि मनोहर कुमार पोखरेलद्वारा शुक्रबार राजविराजमा आयोजित एक कार्यक्रममा १ सय ८३ वटा घटनाहरु घटेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
सार्वजनिक गरिएको घटनाहरु मध्ये बोल्न नसक्ने, सुस्त मनस्थितीकी दुई बालिका बलात्कृत भएकी छिन भने बहुविवाहको ९, बालविवाहको १, गर्भपतनको १, कथित बोक्सी आरोपको १ घटना भएको जनाएको छ ।
त्यस्तै महिलामाथि पतिसहित घरपरिवारका सदस्यहरुबाट गालीगलौज, कुटपिट, दुव्र्यवहार, घरनिकालाका १३६ घटना संकलित भए । जसमध्ये महिला तथा बालबालिका सेवा केन्द्रमा परेका ९१ मध्ये ३१ मा सहमति भएको छ भने अदालतमा घरेलु हिंसा र मानाचामलको ६ ओटा मुद्दा परेको जनाएको छ ।
जसमध्ये नाताकायमको ३४ मध्ये २२ वटामा नाताकायम भएको छ भने १२ वटा उजुरी कारवाही प्रकृयामा रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै सहमति उल्लघंन गर्दै पत्नीमाथि कुटपिट गरेपछि जिल्ला प्रहरी कार्यालयबाट चलेको २ वटा केही सार्वजनिक अपराध मुद्दामा दुबैजना धरौटीमा रिहा भएको जानकारी दिनुभयो ।
यसैगरी सो अवधिमा बिद्यार्थीमाथि शिक्षकले, प्रधानाध्यापकमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्षले र पत्रकारमाथि युवाहरुले कुटपिट गरेको घटनाहरु भएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ