News Category 2073/03/13
समाजका आर्थिक विपन्न वर्गको परिवर्तनका लागि सहकारी आवश्यक
दैनिक समाचारदाता
राजविराज, १२ असार ।
जिल्लाका सहकारी संस्था र राष्ट्रिय सहकारी बैंकबीच एक आपसमा समन्वय नभएका कारण सहकारी बैंकले चाहे जस्तो लक्ष्य प्राप्त गर्न नसकेको एक कार्यक्रमका सहभागिहरुले गुनासो गरेका छन् ।
राष्ट्रिय सहकारी बैंक राजविराज शाखा र सहकारी संस्थाबीच आइतबार सम्पन्न अन्तरक्रियाका सहभागिहरुले सो गुनासो गरेका हुन् ।
सो अन्तरक्रियामा जिल्लाका सहकारी संस्थाका अध्यक्ष एवं प्रबन्धकहरुले बैंकले संस्थाहरुसँग आवश्यक भूमिका निर्वाह गर्न नसकेको गुनासो गर्दै आगामी दिनहरुमा बैंकले संस्थाहरुसँग विभिन्न प्रकारको छलफल र बैंकको हितका लागि चाहिने सहयोग बारेमा छलफल गर्न सुझाव समेत दिएका छन् ।
बैंकले धितो राखेर ऋण दिने सम्बन्धी एउटा ठोस नीति ल्याउनु पर्ने, लगानीमा आउने समस्या, रेमिट्यान्स संचालन, सहकारी शिक्षा, गोष्ठी, अन्तरक्रिया लगायतका विषयमा जिल्ला स्तरका सहकारी संस्थाहरुसँग समन्वय गरि प्रोत्साहन गर्नुपर्ने संस्थाका अध्यक्षहरुले सुझाव दिएका छन् ।
सहकारी बैंकहरुको निरीक्षणका क्रममा आइतबार राजविराज आइपुग्नु भएका केन्द्रिय लेखा समिति संयोजक कुलचन्द्र अधिकारीले आर्थिक सहकार्य गरेर सम्पूर्ण सहकारी संस्थाहरु एक थलोमा आउनु पर्नेमा जोड दिनुभयो । उहाँले सहकारी संस्था कुनै राजनीतिक गर्ने थलो नभएको भन्दै सहकारी समाजका आर्थिक विपन्न वर्गको परिवर्तनका लागि अगाडी बढिरहेको स्पष्ट पार्नुभयो ।
लेखा संयोजक अधिकारीले सहकारीको माध्यमबाट कृषिमा लगानीका लागि राजयबाट रकम छुट्याइएको बताउँदै त्यसलाई सदुपयोग गर्न सम्पूर्ण सहकारीलाई आग्रह समेत गर्नुभयो । उहाँले राष्ट्रिय बैंकले सहकारी शिक्षका लागि अग्रसर भइरहेको जानकारी दिनुभयो ।
बिटोरी जग्गाहरु समेत सहकारी बैंकले धितो राख्ने निर्णय गरे अनुसार अबको दिनमा सहकारी संस्थाहरुले त्यस्ता जग्गाहरु पनि धितो राखेर ऋण लिन सक्ने उहाँले जानकारी दिनुभयो ।
सोही अन्तरक्रियामा बैंका केन्द्रिय लेखा समिति सदस्य सागर नेपालले मुलुकमा सहकारीका कारण जनतामा आर्थिक सचेतना आएको बताउँदै सहकारी शिक्षा आवश्यक रहेको स्पष्ट पार्नुभयो । उहाँले सहकारी बैंक सहकारी संस्थाहरुलागि रहेको प्रस्ट्याउँदै यसलाई संस्थाहरुले निर्धक्क रुपमा विश्वास गर्न आग्रह गर्नुभयो । मुलुकमा राष्ट्रिय सहकारी बैंकको ३७ वटा शाखाहरु रहेको जानकारी दिँदै लेखा सदस्य नेपालले ५१ लाख जनता सहकारीको सदस्य रहेको दाबी समेत गर्नुभयो ।
राष्ट्रिय सहकारी बैंक राजविराज शाखाका संयोजक विश्वनाथ मण्डलको अध्यक्षतामा आयोजित अन्तरक्रियामा विभिन्न सहकारी संस्थाका अध्यक्ष, प्रवन्धक, प्रतिनिधी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन बैंकका प्रमुख विप्लव कर्णले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ