News Category 2073/03/15
प्रशासन कार्यालयमै हेल्प डेस्क स्थापना गर्न सुझाव
दैनिक समाचारदाता
राजविराज, १४ असार ।
सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र राजविराजले मंगलबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
बैदेशिक रोजगार जानु पूर्व कामदारहरुले अपनाउनु पर्ने विभिन्न सतर्कता सम्बन्धि जानकारीका लागि आयोजित सो कार्यक्रममा सहभागिहरुले बैदेशिक रोजगारी सम्बन्धि जानकारीहरु प्रवाह गर्न जिल्ला प्रशासन कार्यालयमा हेल्प डेस्क स्थापना गर्न सुझाव दिएका छन् ।
प्रशासन कार्यालयमा बैदेशिक रोजगारका लागि राहदानी बनाउन आउने व्यक्तिहरुलाई त्यस्ता जानकारीहरु सिधै दिन सकिनाले सूचना डेस्क लगायत विभिन्न स्थानहरुमा होर्डिङ बोर्ड, पोस्टर लगायत टाँसेर प्रचार प्रसार गर्न सुझाव दिइएको छ ।
परामर्श केन्द्रका कार्यक्रम संयोजक रामप्रवेश मण्डलले जिल्लामा परामर्श केन्द्रले गरिरहेको विभिन्न गतिविधी बारे जानकारी दिनुभएको थियो ।
सो अन्तरक्रियामा विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, संचारकर्मी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दान बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ