News Category 2073/04/07
वर्षौदेखी पटेर्वावासी विद्युत सुविधा पाउन सकेनन्
दैनिक समाचारदाता
राजविराज, ६ साउन ।
सरकारले प्रत्येक गाविसमा विद्युत पु¥याउने लक्ष्य लिएपनि सप्तरीको पटेर्वा गाविसमा स्थानीयबासीहरु अझै विद्युतको मुख हेर्न पाएका छैनन् ।
जिल्लाको पटेर्वा गाविस वडा नं. १ देखि ६ सम्म थलहा सिस्वा टोलमा विद्युत नरहेको कारणले स्थानीयबासीहरु अन्धकारमै जिवन यापन गर्न बाध्य भएका छन् । विद्युतको पोल र तार जडान भएको वर्षौ भएपनि अझै विद्युतको मुख अझै पटेर्वा गाविसका स्थानीयबासीहरुले हेर्न पाएका छैनन् ।
विद्युत जडान हुन नसकेका कारणले त्यहाँँका करिब एक हजार घरधुरी अन्धकारमा जीवन यापन गर्दै आएको स्थानीयबासी एवं तराई मधेश राष्ट्रिय अभियानका जिल्ला सदस्य भगिरथ यादवले गुनासो गर्नुभयो ।
विद्युत नपुगेका कारणले त्यहाँका सयौ घर परिवारहरु बैकल्पिक रुपमा सोलार जडान गरी रात बिताउँदै आएका छन । त्यस्तै विद्युत नभएकै कारणले त्यहाँका स्थानीयबासीहरुले छिमेकी गाविसमा गएर मोवाईल चार्ज गर्ने देखि धान, चामल कुटान पिसान गर्न बाध्य रहेको स्थानीयहरुको भनाई छ ।
पटेर्वा गाविसको वडा न. १ पटेर्वामा विद्युतको पोल, तार र ट्रान्सर्फमर जडान भएपनि विद्युत जडान हुन नसकेको कारणले अन्य वडाहरुमा पनि विद्युत सुचारु हुन नसकेको स्थानीयबासीहरुको भनाई रहेको छ । पटेर्वाकै अन्य बाँकी वडाहरु २ देखि ६ नम्बर सम्ममा ट्रान्सफर्मर जडान हुन नसकेको कारण विद्युत बाल्न नसकिने अवस्था रहेको स्थानीयबासीहरुको आरोप छ ।
यता गाविस सचिव रामानन्द यादवले विद्युतको सम्बन्धमा पटक पटक नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित निकायमा जानकारी गराउँदा पनि आज भोली गरेर आलटाल गर्ने गरेको बताउनु भयो । यसैबिच सो सम्बन्धमा नेपाल विद्युत प्रािधकरण शाखा राजविराजका प्रमुख रघुवर साहसँग सम्पर्क गर्दा उहाँको मोवाईलमा सम्पर्क हुन सकेन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ