News Category 2073/04/07
विपिको सम्झनामा वृक्षारोपण तथा अन्तरक्रिया
दैनिक समाचारदाता
राजविराज, ६ साउन ।
नेपाली काँग्रेसका संस्थापक एवं पूर्व प्रधानमन्त्री विपि कोइरालाको सम्झनामा बिहीवार सप्तरीको विभिन्न ठाउँमा काँग्रेसका क्षेत्रिय समितिहरुले विभिन्न कार्यक्रम गरेको छ ।
काँग्रेस सप्तरीका २ नम्बर क्षेत्रिय कार्यसमितिले वभनगामा कट्टीस्थित उमाविमा एक समारोह आयोजना गरी विपिलाई सम्झेको छ । विपिको ३४औं स्मृति दिवसको अवसरमा आयोजना गरिएको उक्त अन्तरक्रियामा काँग्रेसी नेताहरुले विपिको विचारलाई अझ ब्यवहारमा उतार्न खाँचो रहेको चर्चा गर्नुभएको थियो ।
क्षेत्रिय सभापति बद्रीनारायण महात्मानको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा प्रमुख अतिथि काँग्रेसका महाधिवेशन प्रतिनिधि देवनारायण मण्डल, जिल्ला नेता रामदेव साह, ट्रेड यूनियन काँग्रेसका केन्द्रीय सदस्य उमेश मिश्र, क्षेत्रिय सचिव अरुण मण्डल, वभनगामा कट्टी उमाविका प्रअ सूर्यनारायण साहसहितकाले अन्तरक्रियामा आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।
यसैबीच विपिकै सम्झनामा काँग्रेसको २ नम्बर क्षेत्रिय समितिले बिहीवारै वभनगामा कट्टीस्थित उमाविमा वृक्षारोपणसमेत गरेको छ । औरा, सिसो, अम्बा, आँपसहितका विभिन्न प्रजातीका झण्डै तीनसय विरुवा उक्त उमावि प्राङ्गणमा रोपिएको नेपाल प्रेस युनियनका काबा अध्यक्ष राम नारायण विश्वासले जानकारी दिनुभयो ।
यसैगरि क्षेत्र नं. ३ को आयोजनामा जिल्लाको दिघवा गाविसस्थित बिरोल चौकमा विपी स्मृती दिवसको अवसरमा विचार गोष्ठीको आयोजना गरेको छ ।
क्षेत्र नंं ३ का सभापति महानन्द यादवको अध्यक्षता तथा पूर्व गृहराज्यमन्त्री रामकुमार चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरेको छ ।
सो कार्यक्रममा नेवि संघका पूर्व महामन्त्री इर्साद अन्सारी, काँग्रेसका नेता ध्रुव देव, सत्यनारायण शर्मा, दिनेश चौधरी, निलम कर्ण लगायतका व्यक्तिहरुले विपीको विचारलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभयो ।
सो कार्यक्रममा वक्ताहरुले मुलुकमा अहिले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको भन्दै जनताको चाहना अनुसार आन्दोलनरत दलहरुको माग पुरा गर्न माग गर्नुभयो । त्यस्तै वक्ताहरुले जारि संविधानलाई कार्यान्वयन गरि व्यवहारमा लागु गर्न माग समेत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ