News Category 2073/11/12
राजविराज नगरपालिकामा तोडफोड, जिशिकामा ढुङ्गामुढा
दैनिक समाचारदाता
राजविराज, ११ फागुन । 
	बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले बुधबार बिहान सप्तरीको राजविराज नगरपालिका भवनमा तोडफोड गरेका छन भने जिल्ला शिक्षा कार्यालय सप्तरीमा ढुङ्गामुढा गरेका छन् । 	
	आन्दोलनकारीहरुले फ्यालेको ढुङ्गाबाट नगरपालिका कार्यालय भवनको झ्यालका सिसा तथा ढोकाहरु टुटफुट भएको छ भने आन्दोलनकारीहरु कार्यालय भवनमा प्रवेश गरेर नगरपालिकाका कार्यकारी अधिकृतको साइन बोर्ड समेत फुटाईदिएका छन् । 
	यता बुधबार दिउँसो बन्दकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै जिल्ला शिक्षा कार्यालय सप्तरीमा ढुङ्गामुढा गरेको बताइएको छ । सो ढुङ्गामुढाबाट आंशिक क्षति भएको शिक्षा कार्यालयले जनाएको छ । 
	बिहानैदेखी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता कार्यकर्ताहरु विभिन्न नाराबाजी गर्दै राजविराजमा जुलुस प्रदर्शन गरेका छन् । सो जुलुसले सरकारी कार्यालयहरु समेत बन्द गराएका छन् । सरकारी कार्यालयहरु बन्द गराउने क्रममा मोर्चा तथा प्रहरीबीच पटक पटक झडपको अवस्था सृजना समेत भएको थियो । 
	बन्दका कारण राजविराजबाट चल्ने लामो तथा छोटोदुरीका सवारीसाधानहरु चल्न सकेका छैनन् भने पसल तथा विद्यालय समेत बन्द गरिएको छ । यसैगरि पूर्वपश्चिम राजमार्गमा समेत बन्दका कारण बुधबार कुनै सवारीसाधन चल्न सकेन् । जिल्लाको भारदह, कंचनपुर, कल्याणपुर, पातो, कदमाहा, हनुमाननगर लगायतका बजारहरुमा समेत बन्दको प्रभाव परेको छ । 
	परिमार्जनसहित संविधान संशोधन नगरि सरकारले स्थानिय तहको निर्वाचनको मिति घोषणा गरेको भन्दै मेधशी मोर्चाले बुधबार एक दिने बन्दको आह्वान गरेको हो । 
	आगामी बैशाख ३१ गते निर्वाचनको मिति घोषणा गरेको भन्दै मोर्चाले फागुन ११ गते गरेको मधेश बन्दको पूर्वसन्ध्यमा मंगलबार साँझ मसाल जुलुस प्रदर्शन गरेको थियो ।
                    
          
          
          
          प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/17 स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
 - 2082/07/16 बलात्कार मुद्दाका दोषी कारागारबाट भागेर पीडितसँगै गरे बिवाह
 - 2082/07/16 विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
 - 2082/07/16 लालपूर्जाको माग गर्दै राजविराजवासी पुनः आन्दोलनको तयारीमा
 - 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
 - 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
 - 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
 - 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
 - 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
 - 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
 
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
 - 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
 - 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
 - 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
 - 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ