News Category 2073/11/12
राजविराज नगरपालिकामा तोडफोड, जिशिकामा ढुङ्गामुढा
दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले बुधबार बिहान सप्तरीको राजविराज नगरपालिका भवनमा तोडफोड गरेका छन भने जिल्ला शिक्षा कार्यालय सप्तरीमा ढुङ्गामुढा गरेका छन् ।
आन्दोलनकारीहरुले फ्यालेको ढुङ्गाबाट नगरपालिका कार्यालय भवनको झ्यालका सिसा तथा ढोकाहरु टुटफुट भएको छ भने आन्दोलनकारीहरु कार्यालय भवनमा प्रवेश गरेर नगरपालिकाका कार्यकारी अधिकृतको साइन बोर्ड समेत फुटाईदिएका छन् ।
यता बुधबार दिउँसो बन्दकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै जिल्ला शिक्षा कार्यालय सप्तरीमा ढुङ्गामुढा गरेको बताइएको छ । सो ढुङ्गामुढाबाट आंशिक क्षति भएको शिक्षा कार्यालयले जनाएको छ ।
बिहानैदेखी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता कार्यकर्ताहरु विभिन्न नाराबाजी गर्दै राजविराजमा जुलुस प्रदर्शन गरेका छन् । सो जुलुसले सरकारी कार्यालयहरु समेत बन्द गराएका छन् । सरकारी कार्यालयहरु बन्द गराउने क्रममा मोर्चा तथा प्रहरीबीच पटक पटक झडपको अवस्था सृजना समेत भएको थियो ।
बन्दका कारण राजविराजबाट चल्ने लामो तथा छोटोदुरीका सवारीसाधानहरु चल्न सकेका छैनन् भने पसल तथा विद्यालय समेत बन्द गरिएको छ । यसैगरि पूर्वपश्चिम राजमार्गमा समेत बन्दका कारण बुधबार कुनै सवारीसाधन चल्न सकेन् । जिल्लाको भारदह, कंचनपुर, कल्याणपुर, पातो, कदमाहा, हनुमाननगर लगायतका बजारहरुमा समेत बन्दको प्रभाव परेको छ ।
परिमार्जनसहित संविधान संशोधन नगरि सरकारले स्थानिय तहको निर्वाचनको मिति घोषणा गरेको भन्दै मेधशी मोर्चाले बुधबार एक दिने बन्दको आह्वान गरेको हो ।
आगामी बैशाख ३१ गते निर्वाचनको मिति घोषणा गरेको भन्दै मोर्चाले फागुन ११ गते गरेको मधेश बन्दको पूर्वसन्ध्यमा मंगलबार साँझ मसाल जुलुस प्रदर्शन गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ