News Category 2073/11/14
स्थानीय तहको निर्वाचन अस्वीकार्य ः मोर्चा
दैनिक समाचारदाता
काठमाडौं, १३ फागुन ।
मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय तहको निर्वाचन अस्वीकार्य भएको बताएको छ । साथै सरकारलाई दिएको समर्थन फिर्ताबारे अर्को बैठकबाट निर्णय लिने बताएको छ ।
संघीय समाजवादी फोरम, नेपालको कार्यालय तीनकुनेमा शुक्रबार बसेको बैठकले संविधान संशोधन विना वैशाख ३१ मा चुनाव घोषणा भएको भन्दै अमान्य हुने बताएको छ । साथै सशक्त आन्दोलन गर्ने निर्णय समेत गरेको छ ।
बैठकले भावी आन्दोलनका कार्यक्रम तय गर्न फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा बृषेशचन्द्र लाल, केशव झा, रामनरेश राय, डा. ओम गुरुङ, डा. विजय सैंजु, दुर्गा राई, दलमर्दन कामी र प्रेमबहादुर खाती छन् ।
संघीय गठवन्धनमा आवद्ध मधेसी मोर्चासहितका दलले सरकारलाई दिएको समर्थन फिर्ताबारे अर्को बैठकले निर्णय गर्ने भएको छ । संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गरी अर्को बैठकमा निर्णय गर्ने सहमति भएको गठवन्धनका प्रवक्ता ओम गुरुङले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ