News Category 2073/11/15
एमालेको मेचिमहाकाली अभियानको तयारी सुरु
राजविराज÷नेकपा (एमाले) का स्थायी समिति सदस्य सत्यनारायण मण्डलले झुठा प्रचार गरेर नेपाली जनताको एकता कमजोर पार्ने षडयन्त्रविरुद्ध मेचिमहाकालि अभियान सञ्चालन हुन गइरहेको बताउनुभएको छ ।
अभियानको तयारीका लागि कञ्चनरुपमा शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै मण्डलले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र प्रादेशिक एकतालाई बलियो बनाउन एमालेले मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको बताउनु भयो ।
भेलालाई सम्बोधन गर्दै पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी, केन्द्रीय सदस्य सुमनराज प्याकुरेल र जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेलगायतकाले आवश्यक तयारीका लागि निर्देशन दिनुभयो ।
सोही भेलाले बसन्त मिश्रको संयोजकत्वमा ४५ सदस्यीय आवास तथा भोजन व्यवस्थापन समिति गठन गरेको छ ।
भेलामा स्थायी कमिटि सदस्य मण्डल, जिल्ला अध्यक्ष न्यौपाने, उपसचिव प्रतापनारायण चौधरी, जिल्ला सदस्यहरु निरन्जन झा र अखिलेश झालगायतको उपस्थिती रहेको थियो ।
यस्तै शनिबार राजविराज वडा नं. १० को भेला समेत सम्पन्न भएको छ । वडा कमिटीका अध्यक्ष जैनुल मियाँको अध्यक्षतामा सम्पन्न वडा भेलामा जिल्ला अध्यक्ष न्यौपाने, पूर्व सचिव दिवाकर देवकोटा, उपसचिव चौधरी, जिल्ला सदस्यहरु सलिम मियाँ, निरन्जन झा र अखिलेश झाको सहभागिता रहेको थियो ।
नेकपा (एमाले)ले आगामी फागुन २१ गतेदेखि सुखानीका सहिद दिवसका अवसरमा ‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान तथा संविधान कार्यान्वयनका लागि दुई हप्ते मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्दैछ ।
झापाबाट शुभारम्भ हुने अभियान फागुन २३ गते सप्तरी हुँदै विभिन्न जिल्लामा ¥याली, सभा र रचनात्मक कार्यक्रम गरे पश्चात चैत ५ गते सुर्खेतमा जनसभा गरी सम्पन्न हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ