News Category 2073/11/16
अपाङ्गता भएका ब्यक्तिले निर्माण गरे पक्की चर्पी
दैनिक समाचारदाता
राजविराज, १५ फागुन ।
सप्तरीको सिम्रहा सिंग्यौन गाबिस ७ कनकट्टा टोलका एक अपाङ्गता भएका ब्यक्तिले पक्की चर्पी बनाएर समाजमा उदाहरणिय काम गरेका छन् ।
जिएसएफ र युएनह्याविटाटको सहयोग तथा सबल नेपाल राजविराजद्वारा संचालित खुल्ला दिसा मुक्त अभियान कार्यक्रम अन्तर्गत सो गाबिसका एक घर एक चर्पी निर्माण कार्यक्रम संचालनमा आएपछि स्थानीय फुसन खंग खत्वेले ३५ हजार खर्च गरेर पक्की चर्पी निर्माण गरेका हुन ।
चर्पी निर्माण भएपछि अहिले उनी सोही चर्पीमा नै दिसा पिसाव गर्ने गरेका छन् । सानै उमेरमा एक घटनामा परी दुईटै खुट्टा गुमाएका फुसनले सो गाबिसमा एक घर एक चर्पी निर्माण कार्य संचालनमा आएपछि घरमा चर्पी बनाएका हुन् ।
चर्पी बनाएपछि दिसा पिसाव गर्नका लागि बाहिर जाने झन्झटबाट मुक्त भएको भन्दै उनले यसअघि खुल्ला स्थानमै चर्पी गर्ने गरेको बताउछन् । आफु दलित भएर पनि आप्mनो ईज्जत, प्रतिष्ठा जोगाउन र विभिन्न रोगबाट मुक्त हुनका लागि आप्mनो घरमा पक्की चर्पी बनाएको बताउछन् ।
उनी जस्तै त्यहाँका अधिकांश स्थानीयहरुले आ–आप्mनो घरमा एक घर एक चर्पी निर्माण कार्यमा दिनरात लागिपरेको सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झाले जानकारी दिनुभयो । अगामी एक महिनाभित्रमा सिम्रहा सिंग्यौन गाबिसमा एक घर एक चर्पी निर्माण भई खुल्ला दिसा मुक्त गाबिस घोषणा हुने उनले बताए ।
सबल नेपालले जिल्लाको तेरहोता, कविलासा, ब्रहमपुर, गम्हरीया प्रवाहा, पातो खुल्ला दिसा मुक्त गाबिस घोषणा गरिसकेको छ भने भुतही र औरही खुल्ला दिसा मुक्त गाबिस घोषणा हुने तयारीमा रहेका छ । जिल्लाको नर्घो, झुटकी, बनैनियाँ, बेल्ही चपेना, सिम्रहा सिग्यौंन, मलेकपुर, कोचाबखारी र छिन्नमस्ता गाबिसमा एक घर एक चर्पी निर्माणका लागि तिव्र रुपमा कार्य भइरहेकोे सबल नेपालका फिल्ड अफिसर शुभ नारायण यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/08 शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
- 2082/01/08 सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
- 2082/01/05 विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
- 2082/01/04 छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा परिवार विचल्लीमा
- 2082/01/03 पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ