News Category 2073/11/16
अपाङ्गता भएका ब्यक्तिले निर्माण गरे पक्की चर्पी
दैनिक समाचारदाता
राजविराज, १५ फागुन ।
सप्तरीको सिम्रहा सिंग्यौन गाबिस ७ कनकट्टा टोलका एक अपाङ्गता भएका ब्यक्तिले पक्की चर्पी बनाएर समाजमा उदाहरणिय काम गरेका छन् ।
जिएसएफ र युएनह्याविटाटको सहयोग तथा सबल नेपाल राजविराजद्वारा संचालित खुल्ला दिसा मुक्त अभियान कार्यक्रम अन्तर्गत सो गाबिसका एक घर एक चर्पी निर्माण कार्यक्रम संचालनमा आएपछि स्थानीय फुसन खंग खत्वेले ३५ हजार खर्च गरेर पक्की चर्पी निर्माण गरेका हुन ।
चर्पी निर्माण भएपछि अहिले उनी सोही चर्पीमा नै दिसा पिसाव गर्ने गरेका छन् । सानै उमेरमा एक घटनामा परी दुईटै खुट्टा गुमाएका फुसनले सो गाबिसमा एक घर एक चर्पी निर्माण कार्य संचालनमा आएपछि घरमा चर्पी बनाएका हुन् ।
चर्पी बनाएपछि दिसा पिसाव गर्नका लागि बाहिर जाने झन्झटबाट मुक्त भएको भन्दै उनले यसअघि खुल्ला स्थानमै चर्पी गर्ने गरेको बताउछन् । आफु दलित भएर पनि आप्mनो ईज्जत, प्रतिष्ठा जोगाउन र विभिन्न रोगबाट मुक्त हुनका लागि आप्mनो घरमा पक्की चर्पी बनाएको बताउछन् ।
उनी जस्तै त्यहाँका अधिकांश स्थानीयहरुले आ–आप्mनो घरमा एक घर एक चर्पी निर्माण कार्यमा दिनरात लागिपरेको सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झाले जानकारी दिनुभयो । अगामी एक महिनाभित्रमा सिम्रहा सिंग्यौन गाबिसमा एक घर एक चर्पी निर्माण भई खुल्ला दिसा मुक्त गाबिस घोषणा हुने उनले बताए ।
सबल नेपालले जिल्लाको तेरहोता, कविलासा, ब्रहमपुर, गम्हरीया प्रवाहा, पातो खुल्ला दिसा मुक्त गाबिस घोषणा गरिसकेको छ भने भुतही र औरही खुल्ला दिसा मुक्त गाबिस घोषणा हुने तयारीमा रहेका छ । जिल्लाको नर्घो, झुटकी, बनैनियाँ, बेल्ही चपेना, सिम्रहा सिग्यौंन, मलेकपुर, कोचाबखारी र छिन्नमस्ता गाबिसमा एक घर एक चर्पी निर्माणका लागि तिव्र रुपमा कार्य भइरहेकोे सबल नेपालका फिल्ड अफिसर शुभ नारायण यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ