News Category 2073/11/17
मोर्चाले सप्तरीमा एमालेको मेची– महाकाली अभियान बिथोल्ने
दैनिक समाचारदाता
राजविराज, १६ फागुन ।
तेश्रो मधेस आन्दोलन यता मधेस र मधेसी विरोधी क्रियाकलापमा खुलेर नेकपा एमाले लागेको भन्दै उक्त दलका सार्वजनिक कार्यक्रमहरु सप्तरीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिथोल्दै आएका छन् ।
सोही क्रममा एमालेको मेची–महाकाली अभियान अन्तर्गत आउँदो फागुन २३ गते सप्तरीमा हुने भनिएको कार्यक्रमसमेत मधेसी मोर्चाले बिथाल्ने तय गरेको छ । वर्तमान परिस्थिती र आन्दोलनको भावी नीति सम्बन्धमा सोमबार राजविराजमा सम्पन्न मोर्चाको अन्तरक्रियाबाट एमालेको मेची–महाकाली अभियान सप्तरीमा बिथोल्ने तय गरेको हो ।
‘तेश्रो मधेस आन्दोलनदेखि नै एमाले मधेस र मधेसीको विरोधमा खुलेर लागेको छ, एमालेकै कारण अहिले संविधान संशोधनमा ठूला दलहरुबीच एक मत हुन सकेको छैन’, अन्तरक्रियामा सहभागी रहेका राष्ट्रिय मधेस समाजवादी पार्टीका सप्तरी अध्यक्ष सतीशकुमार सिंहले भन्नुभयो, ‘एमाले अध्यक्ष केपी ओली सहभागी रहेको कार्यक्रम मधेसी मोर्चाले बिथोल्नेछौं ।’
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका सप्तरी संयोजक दिनेश कुमार यादवको अध्यक्षतमा आयोजित अन्तरक्रियामा सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, अनिल यादव, भिमराज यादव, शिक्षक संघका जिल्ला अध्यक्ष पर्शुराम यादव, अधिवक्ता रामकुमार यादव, प्यावसनका अध्यक्ष पंचदेव यादव, सांसद लक्ष्मी चौधरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ