News Category 2073/11/18
सप्तरीमा आज स्ववियु निर्वाचन हुदैन
दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।
त्रिभुवन विश्वाविद्यालयले आज स्ववियु निर्वाचनको मिति तोकेपनि सप्तरी सदरमुकाम राजविराजस्थित एक मात्र सरकारी क्याम्पस महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा सो निर्वाचन नहुने भएको छ ।
मधेशी विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचन कुनै पनि हालतमा गर्न नदिने निर्णय गरेपछि क्याम्पसको विभिन्न शाखामा तालाबन्दी गरेका छन् । यता शुक्रबार क्याम्पस प्रमुख डा. सर्वेषचन्द्र मिश्रले असहज परिस्थिति देखाएर सूचना टाँस गरि निर्वाचनको सबै कार्यक्रम स्थगित गर्नुभएको थियो । यसअघि मधेशी विद्यार्थी संगठनहरुको एक भेला गरि स्ववियु निर्वाचन नगराउने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार क्याम्पस प्रशासनले चुनाव गर्न खोजे विद्यार्थी मोर्चाले सशक्त आन्दोलनको घोषणा गर्ने तथा त्यसको जिम्मेवार क्याम्पस प्रशासन स्वयम हुने जनाउँदै क्याम्पसको परीक्षा शाखा, लेखा शाखा, क्याम्पस प्रमुखको शाखामा लगाईएको तालाबन्दी गरेका थिए ।
निर्वाचनको तालिका अनुसार शनिबार मनोनय दर्ता गर्ने मिति रहेपनि राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा निर्वाचनको कुनै गतिविधी हुनसकेन् ।
क्याम्पसको विभिन्न शाखाहरुमा समाजवादी विद्यार्थी फोरम, विद्यार्थी मंच, मधेशी विद्यार्थी लोकतान्त्रिक, तराई मधेश विद्यार्थी फ्रन्ट, संघिय विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी युनियन, मधेशी विद्यार्थी फोरम गणतान्त्रिक, तराई मधेशी सदभावना मंचका पदाधिकारीहरुले संयुक्त रुपमा सो तालाबन्दी गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ