News Category 2073/11/20
सांसदहरुद्वारा विमानस्थलको अनुगमन, असारमै संचालन हुने प्राधिकरणका अधिकारीको दाबी
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
व्यवस्थापिकका संसद अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बिहीबार राजविराज बिमानस्थलको प्रगति बारे अनुगमन एवं निरिक्षण गरेको छ । समितिका सभापति प्रभु साहको नेतृत्वमा करिब एक दर्जन सांसदहरुको टोलीले विमानस्थलको अनुगमन गरेको हो ।
समितिद्वारा आयोजित अन्तरक्रियामा समितिका सभापति एवं सांसद साहले आफु नेतृत्वको समितिले राजविराज बिमानस्थलको निर्माण कार्यलाई प्राथमिकतामा राखेको बताउँदै बजेटको कुनै अभाव हुन नदिने बताउनुभयो । उहाँले विमानस्थल निर्माणको कार्यमा गुणस्तरिय तर्फ बढी ध्यान दिन विमानस्थल निर्माणमा खटिएका कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।
नेपाल नागरिक उडड्यन प्राधिकरणका अधिकारी एवं राजविराज विमानस्थल निर्माण कार्यका प्रोजेक्ट म्यानेजर राम एकवाल महतोले बिमानस्थलको निर्माण सकिने म्याद आगामी मंसिर महिनासम्म रहेपनि असार महिना भित्रै सो कार्य सम्पन्न गर्ने दाबी गर्नुभयो । उहाँले असारपछि वर्षा हुने भएकोले असारभित्रै विमानस्थलको रनवे तयार भइसक्ने दाबी गर्नुभयो ।
यस्तै प्रोजेक्टमा इन्जिनियर मणिगोबिन्द श्रेष्ठले दु्रत गतिमा काम भइरहेको सांसदहरुलाई जानकारी दिँदै असारमै परीक्षण उडान समेत गर्ने बताउनुभयो ।
कार्यक्रममा समितिका सदस्य एवं सप्तरी क्षेत्र नम्बर २ का सांसद अशोक मण्डल, सांसद जितेन्द्र नारायण देव, सकलदेव सुतिहार, केशरी धर्ती मगर, पुस्कर आचार्य, प्रभादेवी बज्राचार्य, भरत बहादुर खड्का, राज्य लक्ष्मी श्रेष्ठ, राधादेवी तिमिल्सिनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्वव प्रसाद तिमिल्सेना, प्रहरी प्रमुख दिवेश लोहनी, सशस्त्रका प्रहरी उपरिक्षक, जिल्लाका राजनीतिक दलका प्रतिनिधी, उद्योगी, व्यवसायी, संचारकर्मीहसमेतको सहभागिता रहेको थियो ।
वि.स. २०१६ सालमा तत्कालिन मन्त्रि गणेशमान सिंहद्वारा उद्घाटन गरिएको राजविराज विमानस्थल विगतमा धेरै पटक बन्द अनि सूचारु हुने गरेको छ ।
नेपाल नागरिक उडड्यन प्राधिकरण मार्फत रमण कान्छाराम देव एण्ड शेयर जेभी कन्स्ट्रक्सनले २०७३ असोज १६ गते विमान स्थलको धावनमार्ग (रनवे) निर्माण गर्न पाएको ठेक्का बमोजिम कात्तिक २५ गतेदेखी विमानस्थलको धावनमार्गको निर्माण काम दु्रत गतिमा बढाएको छ ।
उक्त कन्स्ट्रक्सनले यस विमानस्थलको एक हजार ५ सय मिटर लम्बाई र २० मिटर चौडाई धावनमार्ग (कालोपत्रे) का लागि ३० करोड ३० लाख ७४ हजार ५ सय २८ रुँपैया ३४ पैसामा सम्झौता गरेको छ । सम्झौता भए बमोजिम २०७४ साल मंसिर मसान्तसम्ममा रनवेको सम्पूर्ण कार्य पुरा गरिसक्नु पर्नेछ ।
यता जिल्ला विकास समिति सप्तरीको कार्यालय मार्फत २ करोडको लागतमा काँडे तारबाट विमानस्थल क्षेत्रको घेरवारको कार्य समेत अन्तिम चरण पुगेको छ भने कन्स्ट्रक्सनका इन्जिनियर मनिगोबिन्द श्रेष्ठले रनवेको तल्लो संरचनाका लागि मिसगिट्टि आइरहेको बताउनुभयो ।
वि.स. २०१६ सालमा तत्कालिन मन्त्रि गणेशमान सिंहद्वारा उद्घाटन गरिएको यस विमानस्थलबाट २०५२ साल बैशाखबाट विमान उडान सेवा रद्द गरिएको थियो । विमानस्थल कालो पत्रे नहुनाले विगत २१ वर्षमा पटक पटक विमान सेवा संचालन र रद्द हुँदै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/02 डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
- 2082/06/02 दिपावली गरी संविधान दिवस मनाउने निर्णय
- 2082/06/02 मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
- 2082/06/02 उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
- 2082/06/02 फरार ८२ कैदीबन्दी पक्राउ
- 2082/06/02 जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरुको सम्मानमा दिप प्रज्वलन
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ