News Category 2073/12/30
सांसद मण्डलले झुठो बोले ः मधेशी मोर्चा, मधेशी मोर्चा सप्तरीद्वारा सांसद मण्डलको राजिनामा माँग
दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले एमाले नेता तथा सांसद सत्यनारायण मण्डलले संसदमा झुठो कुरा बोलेर मोर्चालाई बदनाम गर्न खोजेको भन्दै सांसद पदबाट राजिनामाको माग गरेको छ ।
मोर्चाले मंगलबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरेर सांसद मण्डलले जिल्लास्थित आफ्नो घरमा मोर्चाका संयोजक दिनेश यादव नेतृत्वको समूहले ६० वर्षिया श्रीमती र २१ वर्षिया बुहारीलाई लछारपछार गरेको भनाईलाई पूर्ण रुपले अराजनैतिक, अलोकतान्त्रिक र गैरजिम्मेवार भनाईको संज्ञा दिएको छ ।
पत्रकार सम्मेलनमा मोर्चाका संयोजक दिनेश यादवले आफूहरुले कालो झण्डा मात्र गाडेको स्विकार गर्दै सांसद जस्तो गरिमामय पदमा रहेका एमाले नेता मण्डलले संसद भवनमा झुटो बोलेको र अधिकार प्राप्तिको राजनीतिलाई अन्त्य मोड्न खोजेको आरोप लगाउनुभयो । उहाँले सांसद मण्डलको घरमा रहेका कुनै पनि व्यक्तिलाई दुरब्यवहार गरेको प्रमाणित भए आफू दण्ड सजाय भोग्न तयार रहेको बताउनुभयो ।
यस्तै पत्रकार सम्मेलनमा सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवले सांसद मण्डलले पूर्ण रुपले झुठो अभिव्यक्ति दिएर सिंङ्गो संसदलाई समेत बदनाम गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले मोर्चाको पूर्वनिर्धारित कार्यक्रम अनुसार स्थानिय निकायका कार्यालयहरुको मोटरसाइकल अनुगमन टोलीमा आफू पनि रहेकोले त्यस्तो कुनै कार्य नभएको दाबी गर्नभुयो । उहाँले सांसद मण्डलको राजिनामा माँग गर्दै १५ दिनभित्र मलेठ घटनाका दोषिलाई कारवाहीका लागि माँग समेत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ