News Category 2074/07/23
सप्तरीमा माओवादी साख र मधेशवादी इज्जत जोगाउन कसरतमा
नवीनकुमार गुप्ता
राजविराज, २२ कात्तिक ।
मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा अहिले चुनावी माहोल तातेको छ । यसअघि असोज २ गते सम्पन्न स्थानिय तह निर्वाचन सम्पन्न भएको दुई महिना नबित्दै पुनः हुन गइरहेको निर्वाचनका लागि जनता तिब्र प्रतिक्षारत रहेका छन् ।
जिल्लाको १८ स्थानिय तहमा एक्ला एक्लै चुनावी प्रतिस्पर्धामा ओर्लेको नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालले ५÷५ स्थानमा सो समयमा बिजयी भएको थियो भने दुई स्थानमा नेकपा एमाले र एक स्थानमा नयाँ शक्ति पार्टी नेपाल बिजयी भएको हो ।
तर, अहिले राष्ट्रिय स्तरबाटै पार्टीहरुको चुनावी रणनीति फरक भएपछि त्यसको प्रभाव सप्तरीमा पनि देखा परेको छ । पार्टीहरुले चुनावका लागि एक भन्दा बढी पार्टीसँग गठबन्धन गरेर प्रतिनिधिसभा र प्रदशेसभाका लागि रणनीति तयार गरेपछि अहिले जिल्लास्थित पार्टीहरु पनि सोही रणनीति तहत चुनावी अभियान र प्रचार प्रसारमा लागिपरेका छन् ।
जिल्लामा चार प्रतिनिधिसभा र ८ प्रदेशसभा क्षेत्रहरु रहेका छन् भने ती चारवटै क्षेत्रमा लोकतान्त्रिक गठबन्धन, बाम गठबन्धन र मधेशी गठबन्धनको तिब्र प्रतिष्पर्धा हुने भएको छ ।
यस जिल्लामा लोकतान्त्रिक गठबन्धनमा नेपाली काँग्रेस एक्लै रहेको छ भने बामगठबन्धनमा नेकपा एमाले, माओवादी केन्द्र र नेकपा संयुक्तको संयुक्त गठबन्धनले चुनावी पकड बलियो पार्दै गएको छ । यता स्थानिय तहको निर्वाचनमा फोरम र राजपा एक्ला एक्लै प्रतिष्पर्धा गरेकोमा अहिले दुबै मिलेर मधेशी गठबन्धन तयार पारेको छ ।
स्थानिय तहमा मधेशी गठबन्धनले जिल्लामा राम्रो परिणाम ल्याउन सफल भएपछि ती दुबै दलले गठबन्धन गरेर अहिले चुनावी प्रतिष्पर्धामा ओर्लेका छन् ।
यता संविधानसभा २ मा तीन वटा संसदीय क्षेत्र जितेको माओवादीलाई अहिले साख जोगाउन बाम घटकहरुसँग मिलेर गठबन्धन गरेको छ भने मधेश आन्दोलनको उर्भर भूमि मानिएको सप्तरीमा मधेशी गठबन्धनलाई जित हासिल गर्न निकै ठूलो चुनौती थपिएको छ । सप्तरीबाटै फोरम अध्यक्ष उपेन्द्र यादव समेत चुनावी मैदानमा रहेको बेला मधेशी दलले सम्पूर्ण ताकत लगाएको छ । तर, चुनौती पनि कम छैन । फोरम राजपा गठबन्धनबाटै स्वतन्त्र रुपमा राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले उम्मेदवारी दिएपछि उक्त गठबन्धनको मत बाडिने सम्भावना समेत देखिएको छ ।
संविधानसभा २ मा ६ क्षेत्र मध्ये तीनमा माओवादी, दुईमा काँग्रेस र एउटा क्षेत्रमा एमाले जितेको थियो भने मधेशसवादी दलको सहभागिता भने शुन्य थियो । तर, स्थानिय निर्वाचनमा संविधानसभा निर्वाचनको परिणामको ठिक उल्टो देखियो । स्थानिय निर्वाचनमा मधेशी दलको जिल्लामा १० सीट ल्याए भने माओवादीको संख्या शुन्य रहयो ।
यसअघि स्थानीय तहमा मधेशी गठबन्धनले प्रमुख र अध्यक्ष पद गरी १० स्थानमा बिजयी हासिल गरेको थियो भने सोको मत जोड्दा गठबन्धनको कुल कत ७६ हजार १ सय २५ हुनजान्छ । त्यस्तै बाम गठबन्धन मध्ये एमालेले २ स्थानमा बिजयी हासिल गर्दा माओवादी केन्द्र समेतको मत जोड्दा ५८ हजार १८ पुग्छ । त्यस्तै काँग्रेसले ५ स्थानमा जित हासिल गरेको अवस्थामा कुल मत ४४ हजार १ सय ९८ हुनजान्छ ।
यसरी हेर्दा स्थानिय तहको मत अनुसार मधेशी गठबन्धन निकै बलियो अवस्था रहेको छ भने बाम गठबन्धन दोश्रो र लोकतान्त्रिक गठबन्धन तेश्रो अवस्थामा रहेको छ ।
तर, स्थानिय तहको निर्वाचनमा पार्टी भन्दा पनि व्यक्ति छबिका कारण मतदाताहरु रोजि रोजि मतदान गर्ने हुनाले खसेको मतको २० प्रतिशत मत कटौती गर्दा समेत मधेशी गठबन्धन अहिलेको निर्वाचनमा बलियो अवस्थामा देखिएको छ । किनभने स्थानिय तहको निर्वाचनमा अधिकांश स्थानमा राजपा फोरमबीच नै प्रतिस्पर्धा देखिएको थियो । तर, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भने खस्ने मत स्थानिय तह भन्दा फरक रहेकोले अबको निर्वाचनमा कुन गठबन्धन बलियो र कमजोर हुने कुरा मंसिर २१ को निर्वाचनपछि मात्र थाहा हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ