News Category 2082/08/18
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १८ मंसिर ।
सप्तरीमा बुधवार मध्यरात कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तीको आक्रमणले एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कंचनरुप नगरपालिका वडा नं. ५ निवासी ६५ वर्षिय नारायण खङ्ग छन् ।
घर देखी करिब एक किलो मिटर टाढा रहेको खेतमा काटिएको धान रुग्न गएका बेला रातमा जंगली हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
हात्तीको आक्रमणबाट घट्नास्थल मै मृत्यु भएका खङ्गको शव पोष्टमार्टमका लागी राजविराजस्थित गजेन्द्रनारायण सिह अस्पताल ल्याइएको छ ।
यता कोशी टप्पु बन्यजन्त आरक्षबाट निस्कने जंगली हात्तीको आक्रमणबाट वर्षेणी २÷३ जनाको ज्यान जाने गरेको स्थानीयले बताएका छन । मृत्यु भएका सबैलाई हात्तीले कुल्चेर मारेको स्थानीयको भनाइ छ ।
हात्तीको आक्रमणबाट ८ वर्षको अवधीमा कंचनरुप नगरपालिका ५ की ४५ वर्षिया दुर्गी देवी यादव, हनुमाननगर कंकालिनी नगरपालिकाका ५५ वर्षिय रघुनाथ खङ्ग, ७० वर्षिय अलाउद्धिन खान, ६६ वर्षिय नारायण प्रमाणी, सप्तकोशी नगरपालिका १० की १३ वर्षिया संगिता कुमारी यादव, ६१ वर्षिय बिन्देश्वर चौधरी तथा सुरुङ्गा नगरपालिका ३ का ७० वर्षिय सीताराम लगायत गरी एक दर्जन बढीले ज्यान गुमाई सकेका छन ।
हात्ती आक्रमणबाट त्रसित र पीडितले नियन्त्रणको माग गर्दै त्यस क्षेत्रका वासिन्दाले पटक÷पटक स्थानीय प्रशासन र आरक्ष प्रशासनलाई ज्ञापन पत्र बुझाए पनी ठोस पहल हुन नसकेको स्थानीयको गुनासो छ ।
२०६९ साल मै आरक्षको सीमालाई सोलार फेजिट गर्ने र सुरक्षाका लागी पूर्ण रुपमा घेरवार गर्ने आरक्ष प्रशासक, सुरक्षा निकाय तथा राजनीतिक दलका प्रतिनीधीहरुको उपस्थितीमा निर्णय गरिएको थियो । तर सो निर्णय हाल सम्म कार्यान्वयन नभएको हात्ती पीडितहरुको गुनासो छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/24 आन्दोलनरत नगरवासीद्वारा लालपूर्जा माग्दै राजविराजमा झाडु जुलुस प्रदर्शन
- 2083/02/24 विद्यालयस्तरीय टी–२० क्रिकेटमा नरेन्द्र मावि विजयी
- 2083/02/23 आन्दोलनरत नगरवासीको माग सम्बोधन हुने भन्दै मन्त्रीले दिए आश्वासन, लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने ः आन्दोलनरत पक्ष
- 2083/02/23 महिलाको प्रजनन् स्वास्थ्य र अधिकार बारे छलफल
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ