News Category 2083/02/24
आन्दोलनरत नगरवासीद्वारा लालपूर्जा माग्दै राजविराजमा झाडु जुलुस प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, २४ जेठ ।
लालपुर्जा माग्दै आइतबार राजविराज नगरवासीले झाडु जुलुस प्रदर्शन गरेका छन् । जनआन्दोलन परिचालन समिति तथा हलुवाई समाज नेपाल सप्तरीको संयुक्त अगुवाईमा झाडु जुलुस प्रदर्शन गरिएको हो ।
राजविराज नगरपालिका कार्यालयको प्राङ्गणबाट निस्केको जुलुस लालपुर्जा माग्दै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
लालपूर्जा पाउने आशमा झण्डै ७० वर्ष देखी संघर्षरत नगरवासीले कतै कुनै सुनुवाइ नभएपछि आन्दोलन चर्काउदै लगेका हुन । यसै क्रममा नगरवासीको तर्फबाट गठित जनआन्दोलन परिचालन समितीको अगुवाईमा राजविराज नगरपालिका कार्यालयमा धर्ना दिएको आइतबार १७ दिन पुगेको छ । यस्तै नगरपालिका कार्यालयमा तालाबन्दी गरेको ७ दिन पुगेको छ ।
उनीहरुले आफुहरुको माग सम्बोधन नभए सम्म तालाबन्दी र धर्ना जारी राख्ने अडान लिएका छन । राजविराज स्थापनाकाल देखी नै नगरको मुख्य सडक मेनरोड तथा सडकको दायाँ बाया करिब ७० विगहा क्षेत्रफलमा वसोवास गर्दै आएका ५ हजार भन्दा बढी परिवार हाल सम्म लालपुर्जा विहीन छन ।
उक्त जग्गामा वसोवास गर्दै आएकाहरुले आफ्नै लगानीमा घर, पसल लगायतका संरचना बनाएका हुन । पुस्तौ देखी जग्गा उपभोग गर्दै आए पनि कसैको नाममा लालपुर्जा अहिले सम्म बन्न सकेको छैन । यद्धपी नापी कार्यालयले ती मध्येका १७ जनालाई विभिन्न मितिमा आर्थिक लाभ लिएर लालपुर्जा प्रदान गरिसकेको जनआन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासको भनाई छ ।
नापी कार्यालय राजविराजको २०२८ सालको नापी अनुसार फिल्डबुकमा पनि उक्त जग्गाहरु गाउँ÷ब्लकमा रहेको स्पष्ट उल्लेख छ । उक्त जग्गामा वसोवास गर्दै आएकाहरुको नागरिक्तामा समेत वसोवास गर्दै आएको उक्त जग्गा भएको ठाउँको ठेगानामा उल्लेख छ । यस्तै विजुली, खानेपानी, नगरपालिकालाई महसुल र कर तिरेको रसिद पनि छ । तर सबै प्रमाण हुदा पनि लालपुर्जा पाउन नसकेको नगरवासीको गुनासो छ ।
यस अघि राजविराज नगरपालिकाको मिति २०८२ कार्तिक २८ गते सम्पन्न ९ औै नगरसभाले ब्यक्तीको स्वामित्वमा रहेको उक्त जग्गाको लालपुर्जा प्रदान गर्न नापी कार्यालयललाई सिफारिस समेत गरिसकेको छ । तर उक्त निर्णय र सिफारिस अझै कार्यान्वयन न भएकाले थप दबाव सिर्जना गर्न नयाँ ढंगले आन्दोलन अघि बढाइएको नगरवासीको भनाई छ ।
जारी आन्दोलनलाई समर्थन र एक्यबद्धता जनाउदै राजनीतिक दल, संघ, संस्था र जनप्रतिनीधीको संख्या पनि दिनहु बढ्र्दै गएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/24 आन्दोलनरत नगरवासीद्वारा लालपूर्जा माग्दै राजविराजमा झाडु जुलुस प्रदर्शन
- 2083/02/24 विद्यालयस्तरीय टी–२० क्रिकेटमा नरेन्द्र मावि विजयी
- 2083/02/23 आन्दोलनरत नगरवासीको माग सम्बोधन हुने भन्दै मन्त्रीले दिए आश्वासन, लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने ः आन्दोलनरत पक्ष
- 2083/02/23 महिलाको प्रजनन् स्वास्थ्य र अधिकार बारे छलफल
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ