News Category 2083/02/24
विद्यालयस्तरीय टी–२० क्रिकेटमा नरेन्द्र मावि विजयी
दैनिक समाचारदाता
राजविराज, २४ जेठ ।
सप्तरी क्रिकेट संघको समन्वय तथा सवल नेपालको आयोजनामा राजविराजमा संचालित जिल्लास्तरीय अन्तरविद्यालय टी–२० क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नरेन्द्र माध्यमिक विद्यालय बोरियाले विजयी सुरुवात गरेको छ ।
स्थानीय पविमावि क्रिकेट मैदानमा आइतबार सम्पन्न उद्घाटन खेलमा जानकी माध्यमिक विद्यालयलाई २ विकेटले पराजित गर्दै नरेन्द्र मावि बिजयी भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको जानकी माविले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४७ रनको योगफल तयार गरेको थियो । टोलीका लागि हेमशंकर झाले सर्वाधिक ३५ रन बनाउँदा कृष्णा रायले २४ रनको योगदान दिए । बलिङतर्फ नरेन्द्र माविका बेचन मण्डल, मनिष यादव, कौशल दास तथा हर्सल मिश्राले समान २÷२ तथा गोपाल मण्डलले १ विकेट लिएका थिए ।
एक सय ४८ रनको लक्ष्य पछ्याएको नरेन्द्र माविले १९ ओभर ४ बलमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । नरेन्द्र माविको जितमा पप्पु मण्डलले २८ रन बनाउँदा बेचन मण्डल र अनिल मण्डलले समान २४÷२४ रन जोडे । यस्तै हर्सल मिश्राले महत्वपूर्ण २२ रनको योगदान दिएका थिए ।
जानकी माविका लवकान्त यादवले उत्कृष्ट बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए भने कृष्णा रायले २ विकेट हात पार्दा सुभाष यादव र नितेश रायले समान १÷१ विकेट लिए ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका हर्सल मिश्रालाई ‘प्लेयर अफ द म्याच’ घोषित गरिएको सवल नेपालका कार्यक्रम संयोजक नवनीत जयसवालले जानकारी दिए ।
प्रतियोगिताको विजेता विद्यालयले सम्बन्धित जिल्लाको प्रतिनिधित्व गर्दै जेठ २७ गते हुने मधेश प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने छ । त्यस्तै प्रदेशस्तरीय प्रतियोगिताको विजेता विद्यालयले नेपाल क्रिकेट संघको आयोजनामा असार १ गतेदेखि सुरु हुने राष्ट्रिय प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गर्ने सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/24 आन्दोलनरत नगरवासीद्वारा लालपूर्जा माग्दै राजविराजमा झाडु जुलुस प्रदर्शन
- 2083/02/24 विद्यालयस्तरीय टी–२० क्रिकेटमा नरेन्द्र मावि विजयी
- 2083/02/23 आन्दोलनरत नगरवासीको माग सम्बोधन हुने भन्दै मन्त्रीले दिए आश्वासन, लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने ः आन्दोलनरत पक्ष
- 2083/02/23 महिलाको प्रजनन् स्वास्थ्य र अधिकार बारे छलफल
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ