News Category 2082/08/19
निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
दैनिक समाचारदाता
राजविराज, १९ मंसिर ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
वडा नं. १ भारदहस्थित कंकालिनी मन्दिरको प्राङ्गणमा सोसल लाईफ सेन्टर सप्तरी नेपाल र हनुमाननगर कंकालिनी नगरपालिकाको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।
शिविरमा ४ सय ५७ महिला र ३ सय पुरुष गरी ७ सय ५७ जनाले शिविरबाट सेवा लिएको हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझीले जानकारी दिए ।
शिविरमा १ सय ५० देखि २ सय जना सम्मको आँखा परीक्षण गर्ने लक्ष्य राखिएपनि ७ सय ५७ जनाले सेवा लिएको उनले बताए । ती मध्ये १ सय १३ जना मोतियाविन्दुको रोगी फेला परेको र उनीहरुको निःशुल्क अप्रेसन गरिने नगरप्रमुख माझीले जानकारी दिए ।
शिविरमा चौधरी आँखा अस्पताल लहानका चिकित्सकहरुबाट आँखा परीक्षण गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ