News Category 2070/08/22
तीन जना महिला पत्रकार सम्मानित, साङ्लो जुलुस प्रदर्शन
दैनिक संवाददाता
राजविराज, २१ मंसिर ।
अखिल नेपाल महिला संघ सप्तरीले शुक्रबार महिला अधिकारका लागि लडिरहेको भन्दै सप्तरीका तीन जना महिला पत्रकारहरुलाई एउटै मञ्चमा सम्मान गरेको छ ।
महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत क्रेस नेपाल, मानवअधिकार एलायन्स सप्तरी, ग्रामीण गरिबी निवारण तथा दलित उत्थान समाज कल्याणपुरको सहकार्यमा अखिल नेपाल महिला संघ सप्तरीद्वारा आयोजित कार्यक्रममा प्रेस चौतारी नेपालका सप्तरी अध्यक्ष अम्बिका दाहाल, पत्रकार महासंघ सप्तरीका सह–सचिव माला कर्ण र पत्रकार महासंघ सप्तरी सदस्य सुधा देवलाई अनेम संघ उपाध्यक्ष जया घिमिरेले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
“महिला विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गरौं, समृद्ध र मर्यादित मानव समाजको निर्माण गरौं ।” भन्ने नाराकासाथ जारी महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शुक्रबारै अनेमसंघको आयोजनामा हिंसा पीडित महिलाका लागि दिन पनि अध्याँरो रातसरहत हुने भएकाले समानता र न्यायका लागि उज्यालोको खोजी गर्दै महेन्द्र राजमार्गको सप्तरी कल्याणपुरस्थित चोकमा दिउँसो १२ बजे मैनबत्ती प्रज्ववलन गरिएको छ ।
अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य तथा सप्तरी अध्यक्ष उषा पोखरेलको अध्यक्षतामा आयोजित मैनबत्ती प्रज्ववलन कार्यक्रमको उद्घाटन गर्दै अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष जया घिमिरेले महिलामाथि भइरहेका हिंसा न्यूनिकरणका लागि राज्यले ठोस कदम चाल्नुपर्ने बताउनुभयो ।
यस्तै सो अवसरमा हिंसा विरुद्द एकजुट भई न्याय र समानताका लागि ऐेक्यबद्धता जाहेर गर्न कल्याणपुरको सडकमा महिलाहरुले साङ्लो जुलुस प्रदर्शन गरेका छन् ।
जुलुस प्रदर्शनपछि आयोजित सभामा अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष जया घिमिरेले दिनहुँ महिलामाथि घरेलुलगायतका विभिन्न हिंसा भइरहेका कारणले सरकारको ध्यानाकर्षणका लागि महिलाको हिंसाविरुद्ध एकताको सन्देश दिन जुलुस प्रदर्शन गरेको बताउनुभयो ।
उहाँले राज्य पक्ष महिला हिंसाको सवालमा गम्भीर नभए सबै महिला मिलेर अझै सशक्त आन्दोलनमा उत्रनुको विकल्प नरहेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ