News Category 2070/08/27
जोन डेयर टि २० क्रिकेटको आयव्यय सार्वजनिक
दैनिक संवाददाता
राजविराज, २६ मंसिर ।
जोन डेयर टि २० क्रिकेट प्रतियोगिताको आय व्यय सप्तरी क्रिकेट संघले बुधबार सार्वजनिक गरेको छ ।
सप्तरी क्रिकेट संघका सचिव आयूष श्रेष्ठद्वारा जारि विज्ञप्तिमा सो प्रतियोगिताको आय–व्यय आम्दानी तर्फ बिभिन्न प्रायोजक, संघ, संस्था, भुपु खेलाडि तथा खेलप्रेमीहरुबाट १ लाख १ हजार ५ सय ५० रुपैया संकलन भएको जनाइएको छ ।
त्यस्तै खर्च तर्फ फिल्ड व्यवस्थापनमा १० हजार उदघाटन समारोहमा ४ हजार समापन समारोहमा ७ हजार फलेक्स निर्माणमा ९ हजार ९ सय पचास, अफिसियललाई भत्ता ४ हजार ६ सय ५०, टेन्ट कुर्सी माईक वापत ७ हजार ५ सय, ट्रफी मायाको चिनो नगद तथा प्रमाण पत्र खर्च १७ हजार, खाजा खर्च १२ हजार ५ सय, खेलाडिलाई आवास तथा खाना ६ हजार ५ सय मात्र, र बिबिध ६ हजार ७ सय गरि जम्मा ८५ हजार ७ सय ५० रुपैया मात्र खर्च भएको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै आय तर्फ १२ हजार ५ सय मात्र संकलन हुन वाकि रहेको विज्ञप्तिमा उल्लेख छ । प्रतियोगिता संचालन पश्चात बाकि रहेको रकम १५ हजार ८ सय रुपैया सप्तरीको क्रिकेट बिकासका लागि खर्च गरिने समेत बिज्ञप्तीमा उल्लेख छ । बिज्ञप्तीमा सप्तरी जिल्लाका पुर्व राष्ट्रिय स्कोरर तथा हाल दुवई बसोवास गर्ने शम्भु दासले सप्तरीको क्रिकेट बिकासको लागि पठाउनु भएको १० हजार ४ सय रुपैया समेतलाई सप्तरीको क्रिकेट विकासमा लगाईने तथा सहयोग गर्नुहुने शम्भु दासलाई हार्दिक कृतज्ञता समेत व्यक्त गरेको छ ।
सुजुकी मोर्टसको प्रायोजन तथा सप्तरी क्रिकेट संघको आयोजनामा राजबिराजको राजरंगशालामा गत मंसिर ७ गते देखि ९ गते सम्म पूर्वाञ्चलका उत्कृष्ट ४ जिल्ला (मोरंग, सप्तरी, सुनसरी र सिरहा) का स्तरीय क्लबहरुको सहभागितामा संचालित भएको प्रतियोगितामा मिलन डेरी सप्तरीले मोरंङ होरिजन क्रिकेट क्लबलाई हराउदै बिजेता भएको थियो ।
संघद्धारा प्रतियोगिता संचालनका लागि सहयोग गर्नु हुने प्रायोजक जोन डेयर, सुजुकि मोर्टस, मिलन डेरी, कालिका कम्प्युटर, मास कम्प्युटर ईन्स्टिच्युट, फेसन वेयर, राज ईटा उद्योग, नेपाल सहकारी, दर्पण क्रियशन, सबल नेपाल, खेल प्रेमी, पुर्व खेलाडि लगायत सवैलाई भविष्यमा अझ सहयोगको अपेक्षा राख्दै हार्दिक कृतज्ञता ब्यक्त गरिएको छ । साथै खेलाडिहरुको मनोवल उच्च राख्न उपस्थित सम्पुण खेलप्रेमी दर्शकहरुलाई समेत हार्दिक कृतज्ञता ब्यक्त गर्दै भविष्यमा संघले अझ स्तरीय प्रतियोगिताहरु संचालन गराई खेलप्रेमीहरुको मनोरंजन गराउने समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
संघद्धारा जिल्ला स्तरीय क्लब स्तरीय प्रतियोगिता समेत यसै महिना भित्र संचालन हुने जानकारी समेत सम्पुर्ण खेल प्रेमी दर्शक तथा पत्रकारहरुलाई गराईएको छ ।
बिज्ञप्तीमा प्रतियोगितालाई घरघरमा पु¥याउन सहयोग गर्नु हुने स्थानिय पत्रपत्रिका, एफ एम तथा राष्ट्रिय पत्रपत्रिका, टिभी तथा एफएमका संचारकर्मीलाई हार्दिक कृतज्ञता ब्यक्त गर्दै निरन्तर सहयोगको लागि हार्दिक अनुरोध समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/19 सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
- 2082/02/19 लक्ष्मीको हत्या भएको परिवारको दाबी
- 2082/02/19 पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय शिक्षा आवश्यक ः मन्त्री सुडी
- 2082/02/19 पविमाबि खेल मैदानमा क्रिकेट खेलाडीका लागि पभेलियन भवन निर्माण हुँदै
- 2082/02/16 मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी
- 2082/02/16 चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
- 2082/02/16 पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी
- 2082/02/16 चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
- 2082/02/16 गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
- 2082/02/16 मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ