News Category 2082/08/29
फरार १३ जना प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
राजविराज, २९ मंसिर ।
विभिन्न मुद्दामा अदालतबाट जरिवाना तोकिएर फरार रहेका १३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा सप्तरी जिल्ला अदालतबाट जरिवाना तोकिएर फरार रहेका ती प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कुटपीट मुद्दामा जरिवाना पाएका डाक्नेश्वरी नगरपालिका वडा नं. ७ का गजेन्द्र मरिक, शिबिन्द मरिक, गुरिया देवी मरिक र भरत यादव छन् ।
यसैगरी कुटपीट, लुटपीट मुद्दामा जरिवाना पाएका महादेवा गाउँपालिका वडा नं. १ का सुरेन भन्ने सुरेन्द्र यादव, बिरेन भन्ने बिरेन्द्र यादव, अबैध साल काठ चिरान चोरी निकासी मुद्दामा रुपनी गाउँपालिका ६ का राजन तमाङ्ग, लुटपीट मुद्दामा साविक लोहजरा गाविस वडा नं. ९ का किरण राज मिश्र, शेखर राज मिश्र, निलम राज मिश्र, शान्ति देवी मिश्र, प्रकाश राज मिश्र छन् ।
त्यस्तै झुठा नेपाली नागरिकता प्रमाण पत्र सम्बन्धी मुद्दामा राजविराज नगरपालिका वडा नं. १६ का रिषिनारायण देवसहित १३ जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
फैसला कार्यान्वयनको सिलसिलामा सप्तरी जिल्ला अदालत राजविराजबाट जरिवना भइ फरार सुचीमा रहेका उनीहरुलाई पक्राउ गरी सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको प्रहरी नायव उपरीक्षक पुरीले बताए ।
पक्राउ परेका प्रतिवादीहरुबाट एक लाख नौ हजार दुईसय पन्चानब्बे रुपैयाँ जरिवाना उसुल उपर हुने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ