News Category 2075/01/30
जनकपुर अयोध्या “रामायण सर्किट” बस सेवा सुरु
जनकपुर÷प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शुक्रबार जानकी मन्दिर परिसरमा रामायण सर्किटको घोषणा गर्दै संयुक्त रूपमा नेपाल–भारत मैत्री बस सेवा जनकपुर–अयोध्या–जनकपुरको शुभारम्भ गरेका छन् ।
दुबै प्रधानमन्त्रीले हरियो झण्डा देखाएर सो बस सेवाको शुभारम्भ गरेका हुन् । सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा पाएको स्वागतका लागि आभार प्रकट समेत गरे । उनले नेपाली समकक्षी केपी शर्मा ओलीलाई ‘मेरे भाइसाब’ भन्दै आफ्नो स्वागतका लागि जनकपुर आएकामा निकै खुशी व्यक्त गरे ।
भरतीय प्रधानमन्त्री मोदीले जनकपुरमा आफूले पाएको सम्मान सिंगो भारतवासीका लागि भएको बताउँदै रामायण सर्किट र बस सेवाको सञ्चालनले विगतमा प्रधानमन्त्रीस्तरसम्म रहेको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नमा सहायकसिद्ध हुने धारणा व्यक्त गरे ।
के हो रामायण सर्किट ?
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा रामायण सर्किट रुटको उद्घाटन गरेका छन् । प्रधानमन्त्री मोदीको दुई दिने नेपाल भ्रमणका क्रममा जनकपुरमा दुई देशका प्रधानमन्त्रीले सो ६ सय ५० किलोमिटर लामो सर्किट रुटको उद्घाटन गरेका हुन् ।
सर्किट उद्घाटनसँगै जनकपुरबाट अयोध्याका लागि सिधा बसलाई ओली र मोदीले बिदाइ गरेका छन् । दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा जनकपुर–अयोध्या सिधा बस सेवाको उद्घाटन गरेसँगै रामायण सर्किटको चर्चा थपिएको थियो ।
भारतले सन् २०१४ र १५ को बजेटमै रामायण सर्किटको अवधारणा अघि सार्दै बजेट विनियोजन गरेको थियो । यो रुट त्रेतायुगमा भववान राम र सीताले यात्रा गरेको क्षेत्रलाई नै रामायण सर्किट भन्ने गरिएको छ ।
जानकीलाई विवाह गरेर लैजानका लागि रामले अयोध्याबाट आएको बाटो र जनकपुरमा स्वयम्बरपछि सीतालाई लिएर गएको धार्मिक भूमि नै अहिले रामायण सर्किटका नामले परिचित भएको छ । सर्किटले नेपाल र भारतका धार्मिक क्षेत्रहरुलाई जोड्न लक्ष्य लिएको छ । बहृत् रामायण सर्किटमा भने श्रीलंकासमेत जोडिने छ ।
सर्किटको उद्घाटन गर्दै दुवै प्रधानमन्त्रीले यसको निर्माणलाई तीव्रता दिने प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीले विगमा रामायण सर्किट निर्माणबारे सम्झौता भएर रोकिए पनि अब काम नहुने अवस्थाको अन्त्य भएको घोषणा गरे । त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले दुवै देशका करोडौं नागरिकलाई रामयण सर्किटले जोड्ने र दुवै देशको पर्यटनको विकासमा सहयोग पुग्ने बताए ।
६ सय ५० किलोमिटर लामो सर्किट भारतको उत्तर प्रदेशको अयोध्या, शृंगवेरपुर र चित्रकुट, नेपालको जनकपुर, बिहारको सीतामढी, बक्सर र दरभंगा, मध्यप्रदेशको चित्रकुट, पश्चिम बंगालको नन्दीग्राम, उडिसाको महेन्द्रगिरि, छत्तीसगढको जगदलपुर, तेलंगानाको भद्राचलम, तमिलनाडुको रामेश्वरम, कर्नाटकको हम्पी, महाराष्ट्रको नासिक र नागपुरको धार्मिकस्थललाई जोड्ने छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ