News Category 2075/02/05
सात वर्षिय बालक पनि रोजामा सहभागि
दैनिक समाचारदाता
राजविराज, ४ जेठ ।
मुस्लिम समुदायको महत्वपूर्ण पर्व रमजान बिहीबारदेखी सुरु भएको छ । झण्डै एक महिनासम्म चल्ने यो पर्वमा दिनभरी थुक समेत निल्ने नगरि ब्रत बस्ने गरिन्छ ।
एक महिने लामो उपवास (रोजा) बस्ने यस पर्वमा राजविराज ४ का खालीक अंसारी मुन्नाका ७ वर्षिय छोरा फरहान सहभागी भएका छन् । एक महिनासम्म मनाइने यो पर्वमा सात वर्षदेखिका परिवारका सम्पूर्ण व्यक्ति अनिवार्य रोजा (उपवास) बस्ने चलन रहेकोले छोरा फरहान पनि उपवासमा सहभागी भएको अंसारीले वताए ।
मुस्लिम समाजका केन्द्रीय सचिव हासिम अंसारीका अनुसार घाम उदाउनुभन्दा डेढ घण्टा अगावै सरगाही (खानेकुरा) खाएर प्रारम्भ गरिने रोजा घाम अस्ताएपछि फलफूल तथा मिठाइ खाने गरिन्छ । यो समयलाई रोजा खोल्ने समय भनिन्छ । दिनभर केही पनि खान नहुने यो पर्वमा मुसलमानहरूले आ–आफ्नो गच्छेअनुसार विभिन्न किसिमका परिकार बनाई रोजा खोल्ने गर्छन् ।
रोजाको समयमा श्रीमान् र श्रीमतीबीच शारीरिक सम्पर्क वर्जित गरिएको छ । मुसलमानहरूले रोजा अवधिभर नियमित नमाज पढ्छन् भने रातीको नमाजपछि कतिपय मस्जिदमा तरावी नमाज पढ्ने गर्छन् । आर्थिक रूपमा सम्पन्न मुसलमानले रोजाको समयमा गरीब, दीनदुखीहरूलाई दान गर्नुपर्ने हुन्छ । दान धार्मिक नियमानुसार गर्नु पर्ने हुन्छ, यसमा कसैले कम, कसैले बढी भने हुँदैन । रोजाको समयमा मुसलमानहरूले आफ्नो सम्पतिको अढाइ प्रतिशत जकात (कर) निकाल्नु पर्छ । यस अतिरिक्त रोजाको अवधि पूरा गरिसकेपछि ‘इद’ को नमाज पढ्नुभन्दा पहिले जनही एक किलो ७ सय ५० ग्राम गहुँको दाम निकाल्नुपर्छ, जसलाई फित्तरा भनिन्छ । यो नियम संसारभरीका मुसलमानमा लागू हुन्छ ।
सप्तरीमा करिब ८५ हजारको संख्यामा रहेका मुस्लिम समुदाय रमजान पर्वमा सहभागी भएको नुरी जामा मस्जिद राजविराजका मौलाना मो. इमाम साहेवले वताए ।
रोजाको समयमा कुनै पनि खानेकुरा मुखमा हाल्नु हुँदैन, जानेर थुक पनि निल्नु हुँदैन भने दिउँसो परिवारका सम्पूर्ण सदस्यले दतिवन गरी मुख धुनु पर्छ । दिनभर केही पनि खान नहुने भएकाले ठूला मानिसहरूले सजिलै रोजा पूरा गरे पनि उमेर नपुगेकाले धेरै कठिनाइ भोग्नु पर्ने स्थानिय एजाजउल हक वताउछन ।
मुसलमानहरूको पाँच महत्वपूर्ण कार्य रोजा, नमाज, हज, जकात र फित्तरा नियामानुसार गर्नुपर्ने तथा तिर्नुपर्ने भए पनि हजबाहेक सबै कार्य रमजान महिनामा प्राप्त गर्ने अवसर पाउने भएकाले पनि यो महिनालाई मुसलमानहरूले महत्वपूर्ण महिनाका रूपमा लिने गरिएको उनले वताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ