News Category 2075/02/30
कक्षा कोठाको अभावमा बालबालिका रुखमूनी पढ्न बाध्य, कक्षा ४, ५ तथा ६, ७ का विद्यार्थी दुईटा कक्षामा पढ्दै
नवीनकुमार गुप्ता
राजविराज, २८ जेठ ।
सप्तरीस्थित सरकारी विद्यालयहरुको अवस्था दिनप्रति खस्किदो गइरहेको प्रति कसै सामु लुकेको छैन् । जिल्लास्थित कतिपय विद्यालयमा शिक्षक अभाव त कुनै विद्यालयमा विद्यार्थी भन्दा शिक्षक नै बढी रहेको अवस्था छ भने कतिपयमा भौतिक संरचनाको अभाव समेत रहेको छ ।
यस्तै कुनै विद्यालयमा कक्षाकोठाको अभावमा विभिन्न कक्षाका विद्यार्थीहरुलाई एउटै कक्षा कोठामा राखेर पढाउने बाध्यता समेत रहेको छ भने कक्षाकोठा कै अभावमा खुल्ला चउरमा बसेर विद्यार्थीहरु पढ्न समेत बाध्य छन् ।
यसैबीच जिल्लाको राजगढ गाउँपालिका २, कमलपुर, बनैनियास्थित श्री खुबलाल जग्रनाथ शक्ति आधारभुत विद्यालयको अवस्था पनि माथि उल्लेखीत भन्दा कम छैन् । यस विद्यालयमा कक्षा कोठाको अभावमा विद्यार्थीहरु रुखमुनी बसेर पढ्न बाध्य छन् ।
विद्यालयमा बालबविकासको दुई वटा कक्षासहित कक्षा १ देखी ८ सम्मको पढाई हुने गरेको छ भने विद्यार्थीहरुको संख्यामा भने कमी छैन् । कमी मात्र छ कक्षा कोठाको ।
यस विद्यालयमा ६ सय ३ विद्यार्थीहरु अध्ययनरत छन् । जसमध्ये बालविकासको दुई कक्षा गरि १ सय १ बालबालिकाहरु अध्ययनरत छन् । तर, यी बालबालिकाहरुका लागि पढ्नका लागि विद्यालयमा कक्षा कोठा नै छैन् । बालबालिकाहरु आफ्नै घरबाट बोरा ल्याएर रुखमूनी ओछ्याएर पढ्न बाध्य छन् ।
पानी परेको तथा हावाहुरी आएको बेला बालविकासका बालबालिकाहरु कक्षा १ का १ सय १५ जना विद्यर्थीहरुसँगै एउटै कोठामा जसोतसो अटाएर पढाइने गरिएको विद्यालयका प्रधानाध्यापक रबिन्द्र यादवले बताएका छन् । यसरी एउटै कोठामा दुबै कक्षाका गरी २ सय १६ जना विद्यार्थीहरु कसरी पढ्न सक्छन् होला भन्ने हामी कल्पना गर्न सक्छौ ।
विद्यालयमा चार ब्लक गरी ८ कोठा रहेको छ । जसमा दुई वटा कोठामा कार्यालय र स्टोर संचालन रहेको छ भने बाँकी रहेको ६ वटा कोठामा पढाई हुने गरेको छ । ६ कक्षा कोठा मध्ये कक्षा १, २, ३ र ५ छुट्टाछुट्टै कक्षामा पढाई हुन्छ भने कक्षा ४ र ५ का विद्यार्थीलाई एउटै तथा कक्षा ६ र ७ का विद्यार्थीलाई पनि एउटै कक्षा कोठामा राखेर पढाउन् बाध्य भएको प्रअ यादवको भनाई छ ।
“कक्षा कोठा अपुग भएको जानकारी बारम्बार शिक्षा कार्यालयमा लिखित तथा मौखिक गराउँदा पनि हालसम्म कुनै सुनवाई भएको छैन्”, प्रअ यादवले भने, “दिनहुँ विद्यार्थीको संख्या बढ्दै छ । भौतिक संरचनाको अभाव भने यथावत नै छ, कसरी बालबालिकालाई पढाउने ? यसका लागि सम्बन्धीत निकायको अबिलम्ब ध्यान पुगोस् ।”
सात शिक्षक, दुई बालविकास शिक्षिका तथा एक कार्यालय सहयोगि रहेको यस विद्यालयमा भौतिक संरचनाको अभावमा विद्यार्थीहरुलाई पठन पाठन गर्ने निकै समस्या भइरहेको छ । यस विद्यालयमा अधिकांश शिल्पी (दलित) विद्यार्थीहरु अध्ययनरत रहेको प्रअ यादवले जानकारी दिए । उनका अनुसार विद्यालयमा सदा, मरिक, खत्वे, पासवान, कुमाल लगायत मुश्लिम समुदायका विद्यार्थीहरु अध्ययनरत छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ