News Category 2075/03/13
सप्तरीको अभिषाप खाँडो नदी, नदी नियन्त्रणका लागि ठोस पहल भएन्
नवीनकुमार गुप्ता
राजविराज, १२ असार ।
राजनीतिदेखी लिएर बौद्धिक, प्राविधिक र शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको तथा मुलुकमै एउटै छुट्टै पहिचान बनाउन सफल सप्तरी जिल्ला हरेक वर्ष प्रकृति प्रकोपको चपेटामा पर्ने गरेको छ । यती मात्र होइन् मुलुकमै सबैभन्दा बढी साविकको गाविस रहेको यस जिल्लामा बाढीका कारण वर्षेणी अर्बौको क्षति हुनुका साथै मानविय क्षति समेत हुने गरेको छ ।
सप्तरीमा खडेरी, आगलागि र बाढी जस्ता प्राकृतिक विपद्का घटना समेत अग्रस्थानमै रहेको छ । प्रत्येक वर्ष सुख्खायाममा आगलागि तथा वर्षाको समयमा बाढी आउने कुरा सबैलाई थाहा हुँदाहुँदै पनि त्यसको पूर्व तयारी गर्न असक्षम देखिन्छ यो जिल्ला । बाढी आयो भने अनि मात्र राहत वितरणका लागि स्थानिय प्रशासन तथा विभिन्न आइएनजिओ र एनजिओ आफ्नो अग्रसरता देखाउँन थाल्छ । यती मात्र होइन् यो दुःखदको घडी राहत वितरण गर्नेदेखी लिएर राहत लिनेहरुको ओइरो नै लाग्ने गर्दछ ।
सप्तरीमा बाढी आउने प्रमुख कारण नदीनालाहरु नै हुन् । जिल्लास्थित खाँडो, महुली, जिता, बलान, त्रियुगा, खडक, भलुवाहीलगायतका नदीनालाहरुको नियमित सरसफाई नहुँदा बाढी आएको समयमा नदीको सतह भन्दा माथी पानी बग्न थाल्छ । यस बाहेक ठूलो नदीको रुपमा रहको सप्तकोशी नदी समेत वर्षायाममा बाढीको कारण बन्न पुग्छ । ती मध्ये सप्तरीको अभिषापको रुपमा रहेको छ खाँडो नदी । यस नदीको नियन्त्रणको प्रयास गर्ने कार्य अत्यन्त फितलो र प्रभावहिन रहेको छ । वर्षेणी बाढी र डुवानबाट ठुलो मानविय र धनमालको क्षति पु¥याउने यस नदीको नियन्त्रणको प्रयासका लागि सरकारले छुट्टाएको रकम समयमा निकासा गर्न नसक्दा सुस्ता गतिमा कार्य भइरहेको छ ।
वर्षाको समयमा पानी मात्र नभएर नदीको सतह भन्दा माथी आउने पानीले बाढीको रुपमा बस्ति नै डुबाउने गर्दछ । गत वर्षमा मात्र खाँडो नदीको बाढीमा एक नाबालकसहित दुई जनाको मृत्यु भएको थियो भने बाढीमा अन्य चारजनाले ज्यान गुमाउनु परेको थियो । यस्तै १ अर्ब ६४ करोड बराबरको स्थानियको धनमालको क्षति भएको थियो भने २ अर्ब बराबरको सरकारी कार्यालयहरुमा क्षति पुगेको थियो ।
जिल्ला सदरमुकाम राजविराजसहित रुपनी गाउँपालिका, हनुमाननगर कंकालिनि नगरपालिका, महदेवा गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा खाँडो नदीले ताण्डव मच्याउने गरेको छ । यती पाँच स्थानिय तह हुदै बग्ने खाँडो नदी तिलाठी कोइलाडी गाउँपालिकामा गएर सम्पन्न हुन्छ । तर, सो गाउँपालिकाबाट बाढीको पानी निस्कने बाटो नहुँदा सिंङ्गै गाउँपालिका नै डुबानमा पर्छ । कीन भने तिलाठी भारतीय सीमासँगै टाँसिएको स्थान हो । त्यहाबाट भारतीय भूमि हुँदै पानी निकासको मुहान छैन् । जसकारण दुई वर्ष अघि सोही पानी निकासा गर्ने बारे नेपाली र भारतीय जनताबीच झडप नै भएको थियो ।
यता भारतीय भूमिहुँदै पानी निकासको बाटो निकाल्न दुई देशले कुटनीतिज्ञ पहल गर्नुपर्ने हो । तर, हालसम्म यस्तो कुनै प्रक्रिया भएको छैन् भने अर्कोतर्फ नेपाली पक्षको कारणले समेत बस्ति डुवानमा पर्ने गरेको छ । यस सम्बन्धमा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले दुई देशबीचको प्राबिधिक टोलीले सो क्षेत्रको अनुगमन गरि निकास बारेमा पहल गर्ने बताए ।
जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लामा नदी नियन्त्रणका धेरै कार्य भइसकेको दाबी गर्दै रुपनीदेखी तिलाठीसम्म बग्ने खाँडो नदीको बाँधहरुलाई अग्लो बनाउने, ककजोर बाँध भएको स्थानमा तारजाली लगाउने कार्य भइरहेको बताए ।
सरकारले २०७१ सालदेखी नदी नालाबाट बालुवा, गिट्टी निकासमा रोक लगाएको छ । अहिले नदीहरुमा बालुवा, गिट्टी थुप्रिएको छ । सोही सम्बन्धमा जिल्लाको तिरहुत गाउँपालिका अध्यक्ष हेमन्त कुमार बहडखेरले नदीहरुको सतह खेती योग्य जमिन तथा घरघडेरीको सतह बराबरको भएको हुँदा बाढी आएको बेला पानीको सतह नदी खोलाको सतह भन्दा माथीबाट बग्न थालेपछि पानीले बस्ती डुवानमा पर्ने बताउछन् ।
अध्यक्ष बहडखेरले विगतको वर्षमा सबैभन्दा बढी तिरहुत गाउँपालिकामा क्षति भएको भन्दै यस वर्ष बाढीबाट बच्नका लागि १५ हजार बोरा, नाइलनका जाली खरीद गरेर स्थानिय प्रहरीको सहयोगमा बाढी आएको बेला कटान लागेको स्थानमा हाल्ने तयारी गरिरहेको तथा बाढी आइहालेको अवस्थामा पीडितका लागि त्रिपाल समेतको व्यवस्था मिलाएको बताए ।
गत वर्ष असार १६ गते जिल्लास्थित विभिन्न खोला नालाहरुमा आएको बाढीले जिल्लाको करिब एक दर्जन गाउँहरु डुवानमा परेको थियो । बर्षाका कारण जिल्लाको खाँडो, विगुल, त्रियुगा, महुली, वलान र सुन्दरी खोलामा आएको बाढीले राजबिराज नगरपालिका वडा नं. ९ को मलेठ, वडा नं. १ को डुमरी शिवथान, कंचनरुप नगरपालिका ९ का रघुनाथपुर, तिरहुत गाउपालिकाको मयनाकडेरी, भेडिया, रुपनी गाउँपालिकाको रायपुर, कोइलाडी तिलाठी गाउँपालिकाको तिलाठी, सकरपुरा, कृष्णासवरण गाउपालिकाकाको मुहली, हनुमाननगर कंकालिनी नगरपालिकाको पोर्ताहा लगायतको स्थानहरुमा बाढीले बितण्डा मच्चाएको थियो । बाढीका कारण जिल्ला भरीका १ हजार ५ सय घर डुवानमा परेको छद्ध । तिरहुत गाउँपालिका क्षेत्रमा महुली खोलाको चार ठाउँ बाँध भत्किएको थियो । तीन ठाउँ ५०÷५० मिटरको हाराहारीमा भत्किएको थियो भने एक ठाउँमा झण्डै चारसय मिटर बाँध भत्किएको थियो ।
गत आर्थिक वर्षमा सप्तरीको महुली, सुन्दरी, खाँडो सहितका खोलाहरु नियन्त्रणको नाममा ३७ करोड रुपैयाँ खर्च भएको थियो । तर, साउन नलाग्दै असारमै आएको बाढीले जिल्लाको १५ सय घर डुबानमा प¥यो भने १६ सय परिवार विस्थापित भए ।
पछिल्लो पटक गत असार र साउन महिनामा खाडो नदीमा आएको बाढीले जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका र आसपासको क्षेत्रमा ठुलो जनधनको क्षति भएको थियो । जिल्ला विपद व्यवस्थापन समितिको तथ्यांक अनुसार खाडो नदीको बाढीले तिलाठी कोईलाडी गाउँपालिकामा मात्रै १४ करोड ६४ लाख बराबरको सम्पती नष्ट भएको थियो ।
यस्तै बाढीले बगाएर सो गाउँपालिकामा १ बालकको मृत्यु र ३ सय ५१ परिवारलाई विस्थापित बनाएको थियो । खाडो नदीको बाढीकै कारण सदरमुकाम राजविराजमा पनि २ जनाको ज्यान जानुका साथै २८ करोड २७ लाख ५१ हजारको धनमाल क्षति भएको विपद व्यवस्थापन समितिको तथ्यांकमा उल्लेख छ ।
विगतमा बजेटको अभाव र स्थानिय निकाय जनप्रतिनिधिविहिन हुँदा खाडो नदी नियन्त्रणको काम प्रभावकारी हुन सकेको थिएन तर, अहिले सप्तरीको खाँडो नदी नियन्त्रणका लागि बाँध निर्माण कार्य सुरु भएको छ । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले १ करोड रुपैया लगानीमा खाँडो नदीको बाँध निर्माण कार्य सुरु गरेको हो ।
खाडो नदी नियन्त्रण कार्यलाई उच्च प्राथमिकतामा राखेर विभिन्न शिर्षकबाट केही केही रकम कटौती गरी १ करोड रुपैया बाँध निर्माण कार्यमा लगानी गरिएको गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन् । बाँध निर्माणका लागि दैनिक आधा दर्जन प्राविधिक र सयौ मजदुरद्वारा काम भईरहेको छ । उच्च जोखिममा रहेको तथा बाढीले भत्काउन सक्ने सम्भावित स्थानमा माटोसँगै तारजाली, बोरा र बोल्डरको पनि प्रयोग गरिदै गएको अध्यक्ष सिंहले बताए ।
यता जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यालयले खाँडो नदी नियन्त्रणका लागि “खाँडो नदी नियन्त्रण आयोजना” अन्तरगत सात वर्षे योजनाका लागि २ अर्ब रकम छुट्टयाइएको छ । तर सात वर्ष मध्ये दुई वर्ष वितिसकेको अवस्थामा २५ करोड रकम बराबरको १० देखी १५ प्रतिशत काम मात्र सम्पन्न भएको छ । खाँडो नदी नियन्त्रणका लागि “खाँडो नदी नियन्त्रण आयोजना” ले विभिन्न उपभोक्ता समिति तथा ठेकेदार मार्फत नदीको दुबै पट्टी क्रेटिङ, बोल्डर जाली लगाउने कामहरु गरिरहेको छ । तर, यी कामहरु हाल केही मात्र सम्पन्न भएको छ ।
जिल्लास्थित विभिन्न नदी खोलाहरुलाई वर्षेणी सरसफाई गरेर त्यहा थुप्रेको वालुवा गिटीलाईलाई निकालेर नदीको आफ्नो सतहमा ल्याउने प्रयास गरेमात्रै जिल्लावासी बाढीको पीडाबाट मुक्त हुने देखिन्छन् । त्यस बाहेकका कारणबाट आउने प्राकृतिक प्रकोप सम्बन्धी दैवी प्रकोप उद्दार समितिले पूर्व तयारी तथा बाढी प्रभावित क्षेत्रहरुको अनुगमन, निरिक्षण तथा सो क्षेत्रका जनताहरुलाई बाढीको समयमा आफ्नो जनधनको सुरक्षा बारेमा जनचेतना फैलाउन सकिए भने बाढीबाट कम मात्रामा धनजनको क्षति हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/09 लालपूर्जा पाउनु पर्ने माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा
- 2082/01/09 अपहरण तथा जबरजस्तीकरणीका फरार अभियुक्त पक्राउ
- 2082/01/09 हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको रिहाको माग गर्दै प्रदर्शन
- 2082/01/08 शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
- 2082/01/08 सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ