News Category 2070/03/04
सरसफाई सम्मेलनको कुल बजेटमध्ये अधिकांस भत्ता बितरणमा खर्च
दैनिक संवाददाता
राजविराज, ३ असार ।
जिल्ला विकास समितिको सभाहलहा हालै सम्पन्न सप्तरी सरसफाई सम्मेलनमा अत्यधिक भत्ता बितरण भएको छ । सम्मेलनको नाममा भत्ता मात्र बितरण गरिएको छ ।
सरसफाई सम्मेलनको नाममा राजनीतिक दलका प्रतिनिधी, सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधी तथा कर्मचारी, संचारकर्र्मीसहित सबैलाई भत्ता बितरण गरिएको थियो । सबैलाई समान रुपमा भत्ता बितरण नगरिएको भन्दै राजनीतिक दलहरुले बिरोध जनाएपछि सबेलाई समान भत्ता बितरण गरिएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ ।
कार्यक्रम भत्ताबाला भएका कारण कुनै कार्यक्रममा सहभागी हुन नचाहने व्यक्तिहरु समेत जिल्ला विकास समितिको सभाहलमा पुरै समय दिएका थिए । एक पार्टीको नाम दुई ठाउँमा लेखेर भएपनि राजनीतिक दलका नेताहरुले भत्ता लिएका छन् । खानेपानी कार्यलय श्रोतका अनुसार एउटै पार्टीका नेताहरुले दुई ठाउँमा हस्ताक्षर गरेर भत्ता लिएका छन् ।
भत्ता लिनेकै नाउँमा राजनीतिक दलका नेताहरु मात्र नभई अन्य क्षेत्रका व्यक्तिहरु पनि जिल्ला विकास समितिमा शनिबार र आइतबार भिंड लगाएका थिए । शुरुमा सरसफाई सम्मेलनको नाममा भत्ताको व्यवस्था गरिएको चर्चा चल्नेबित्तिकै सबैले फुल समय दिएका थिए ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीका प्रमुख राजकुमार गोइतले पनि यो कार्यक्रम भत्तामुखी भएको स्वीकार गर्नुभयो । उहाँले सरसफाई सम्मेलन गर्न रु ६ लाख २२ हजारको बजेट छुट्टयाइएकोमा अधिकांस रकम भत्ता बितरणमै खर्च भएको बताउनुभयो । उहाँका अनुसार ३ सय ५० जनालाई भत्ता बितरण गरिएको बताउनुभयो ।
भत्ता पाउनेमा गाविस सचिवहरुले सबैभन्दा बढी पाए । ३ सय १४ गाविसका सचिवहरुले रु १२ सयका दरले र अन्य व्यक्तिहरुले रु १ हजारका दरले भत्ता पाएको खानेपानी कार्यालयले जनाएको छ ।
कार्यक्रमको लक्ष्य ३ सय १९ जनाको उपस्थित गराउने भएपनि साढे तीन सयभन्दा बढी व्यक्तिहरु सहभागी भएका थिए । खानेपानी कार्यालयका प्रमुख गोइतका अनुसार लक्ष्यभन्दा बढी व्यक्तिले हस्ताक्षर गरी भत्ता लिएको बताउनुभयो । उहाँका अनुसार कुल बजेटमध्ये रु ४ लाखभन्दा बढी रकम बजेटमै खर्च भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ