News Category 2075/07/15
एक गिलास पानीले दिलायो महिलालाई मृत्युदण्ड, सजाय माफी दिँदा देशभर हंगामा
पाकिस्तानमा धर्म्निन्दाको आरोपमा विगत ८ वर्षदेखि जेल सजाय काटिरहेकी इसाइ महिला आसिया बीबीको गल्ती मात्रै १ गिलास पानी थियो । अहिले उनलाई पाकिस्तानको सर्वोच्च अदालतले रिहा गरेको छ । तर उनलाई रिहा गरेसँगै देशभर हंगामा भएको छ । पाकिस्तानी नागरिक सरकार, अदालत र सेनाविरुद्ध नाराबाजी गर्दै सडकमा उत्रिएका छन् ।
एक महिलालाई रिहा गरेका कारण देशको हालत यतिसम्म खराब भएको छ कि सर्वोच्च अदालतका न्यायाधीशमाथि गलत टिप्पणी हुन थालेको छ । उनीहरु सच्चा मुसलमान नभएको आरोप लगाइएको छ । देशमा हिंसाको माहेल छ । प्रधानमन्त्री इमरान खानले एक भिडियो जारी गर्दै नागरिकलाई सम्झाउने प्रयास गरेका छन् । भिडियोमा उनले फैसला इस्लामिक कानुनअनुसार नै गरिएको बताएका छन् ।
१४ जून २००९ मा आसिया बीबीको तीन मुस्लिम महिलासँग ववाद भएको थियो । आसिया लाहोरको शेखपुरास्थित आफ्नो खेतमा काम गर्दै थिइन् । चर्को घामका कारण उनलाई तिर्खा लाग्यो र उनले कुवानजिकै मुस्लिम महिलाको लागि राखिएको गिलासबाट पानी पिइन् । मुस्लिम महिलाहरुले यसको तीव्र विरोध गरे । यसको केही दिनमै महिलाहरुले उजुरी दर्ता गराए कि आसियाले इशा मसीह र पैगम्बर मोहम्मदको तुलना गरेकी छिन् ।
त्यसपछि आसियालाई पाकिस्तानी पेनल कोर्टको धारा २९५ सी अन्तर्गत गिरफ्तार गरियो । यो कानुनअनुसार पक्राउ गरिएका अभियुक्तको अभियोग प्रमाणित भएमा मृत्युदण्ड दिइन्छ । ८ नोभेम्बर २०१० मा आसियालाई शेखपुराको अदालतमा पैगम्बर मोहम्मदमाथि टिप्पणी गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाइयो । लगत्तै १७ नोभेम्बर २०१० मा इसाइ धर्मगुरु पोप बेनेडिक्ट १६ ले आसियाको रिहाइको माग गर्दै पाकिस्तानमा इसाइमाथि भेदभाव गरिएको आरोप लगाए ।
४ जनवरी २०११ मा यही विषयमा पंजाब राज्यका राज्यपाल सलमान ताहिरको उनकै अंगरक्षकले हत्या गरिदिए । राज्यपाल जेलमा आसियालाई भेट्न गएका कारण उनको हत्या गरिएको थियो । त्यसपछि अंगरक्षकले राष्ट्रपति आसिफ अली जरदारीसँग आसिया मृत्युको हकदार भएको बताए । राज्यपाल सलमान ताहिरले मृत्युअघि राष्ट्रपति जरदारीसमक्ष आसियाको रिहाइको अपिल गर्दै निवेदन दिएका थिए । राष्ट्रपति जरदारीले निवेदनको जवाफमा मुद्दाको समीक्षा गर्न भने ।
२ मार्च २०११ मा यही विषयका कारण अल्पसंख्यक मन्त्री शाहबाजको समेत हत्या गरियो । शाहबाजले धर्मनिन्दाको कानुनमा परिवर्तन गर्न अभियान चलाएका थिए जसका कारण उनको हत्या गरिएको थियो । राष्ट्रपतिले मुद्दाको समीक्षा गर्न भनेपछि माथिल्लो अदालतमा विचाराधीन मुद्दामा १६ अक्टोबर २०१४ मा लाहोर हाइकोर्टले पनि आसिया बीबीलाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला कायम राख्यो ।
२२ जुलाइ २०१५ मा पाकिस्तानको सर्वोच्च अदालतले आसिया बीबीलाई मृत्युदण्ड दिने फैसला तत्कालका लागि कार्यान्वयन नगर्न भन्यो । उनको रिहाइको लागि सर्वोच्च अदालतमा पेश गरिएको अपिलको प्रक्रिया पूरा नहुँदासम्म मृत्युदण्डको फैसला रोक्न सवोच्चले आदेश दिएपछि यो मुद्दा सर्वोच्च अदालतमा पुग्यो । ३१ अक्टोबर २०१८ मा सर्वोच्च अदालतले ऐतिहासिक फैसला गर्दै आसिया बीबीलाई निर्दोष ठहर गर्यो । सर्वोच्चले आसियाविरुद्ध सुनाइएका तल्ला २ अदालतको फैसला खारेज गर्दै रिहाइको फैसला सुनायो । एजेन्सी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/10/22 सप्तरीमा बुधबारदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्ध एचपिभी खोप अभियान संचालन हुँदै
- 2081/10/22 प्रजिअ दाहालले अस्पतालको निरिक्षण गर्दा २५ जना पोशाकविहीन कर्मचारी उपस्थित
- 2081/10/22 भन्सार छलेर ल्याइएको मोटरपार्टस र मोबिल प्रहरी नियन्त्रणमा
- 2081/10/22 अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु
- 2081/10/21 जनप्रतिनीधी आफ्नै सिफारिस पटक–पटक फेर्दा नापी कार्यालय पनि अलमलमा
- 2081/10/21 गाउँपालिकामै स्वास्थ्य प्रयोगशाला संचालनमा आएपछी सदरमुकाम आउने बाध्यता हट्यो
- 2081/10/21 रकम दोब्बरका नाममा ठगीका आरोपित महिला पक्राउ
- 2081/10/21 डाका मुद्दाका फरार अभियुक्त पक्राउ
- 2081/10/20 नागरिकता चोरी भएका व्यक्तिको फोटो उपकाएर अर्कै व्यक्तिको फोटो टाँसी बैंकमा खाता संचालन गरि लाखौंको ठगी
- 2081/10/20 कर्मचारी पदपूर्ती सम्बन्धी प्रकाशित सूचनाको विषयलाई लिएर अस्पताल प्रमुखको कार्यकक्षमा तालाबन्दी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ