News Category 2075/08/03
दण्ड जरिवाना नबुझाउनेलाई सार्वजनिक सेवामा रोक
काठमाडौँ, ३ मङ्सिर (रासस) ।
अदालतले तोकेको दण्ड जरिवाना समयमा नबुझाउने व्यक्तिलाई सार्वजनिक सेवामा रोक लगाइने भएको छ ।
जिल्ला अदालत नियमावली २०७५ को नियम ८७ बमोजिम अदालतको दण्ड जरिवाना असुल हुन बाँकी व्यक्तिको लगत विवरणसहित सार्वजनिक सेवामा रोक लगाउने व्यवस्था गर्न लागिएको हो ।
कैद वा जरिवाना तथा सरकारी बिगो नतिरेका व्यक्तिको पहिचान हुने भएकाले परिचयपत्रमा रोक लगाउन विवरण हेर्न मिल्ने गरी व्यवस्थापन गर्न सरोकारभएका निकायसँग आग्रह गरिएको काठमाडौँ जिल्ला अदालतले जनाएको छ ।
फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक वेदप्रसाद उप्रेतीका अनुसार सरकारले राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेकाले सो परिचयपत्र वितरण केन्द्रलाई अदालतको केन्द्रीय लगत हेर्न मिल्ने मात्र सम्मको पासवर्ड उपलब्ध गराइन्छ । लगत कायम रहेका व्यक्तिको कैद वा जरिवाना फछ्र्योट नभएसम्म सो परिचयपत्र उपलब्ध नगराउने तयारी भइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ