News Category 2075/09/01
विस्मरण गर्न सक्दिन स्व.सह–प्राध्यापक अमरेन्द्र नारायण सिंह “अमर” लाई
त्रिपुरारीशरण
स्व.सह–प्राध्यापक अमरेन्द्र नारायण सिंह “अमर” ले भारतको बिहार राज्यको विहार विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एम.ए.गर्नु भएको थियो । महेन्द्र विन्देश्वरी कलेज राजबिराजमा राजनीतिशास्त्र प्राध्यापन गर्नहेतु केही महीनाका लागि उहाँको अस्थायी रुपमा नियुक्ति भयो । संभवतः अर्को वर्ष फेरि उहाँ अस्थायी रुपमा नियुक्त हुनु भयो । पछि उहाँको नियुक्ति स्थायी रुपमा भयो । २०४७ सालमा उहाँ उप–प्राध्यापकबाट सह–प्राध्यापकमा प्रोन्नत हुनु भयो । उहाँ भद्र, विनम्र, मृदुभाषी व्यक्ति हुनु हुन्थ्यो । उहाँको शिष्ट व्यवहारले जोसुकैलाई पनि प्रभावित र आकर्षित गर्न सक्दथ्यो ।
उहाँ विविध रुचि भएका व्यक्ति हुनुहुन्थ्यो । अंग्रेजी, हिन्दी र नेपाली साहित्यमा उहाँको चासो थियो । उहाँको अँग्रेजी, हिन्दी र नेपाली तीनै भाषामाथि, खासगरी अँग्रजी र हिन्दी भाषामाथि, राम्रै पकड पनि थियो । उहाँले स्व.विश्वेश्वर प्रसाद कोइरालाको उपन्यास “तीन घुम्तीङ्खको हिन्दीमा अनुवाद गर्नु भएको थियो तर प्रकाशित गर्न सकनु भएन । उहाँको शेरो–शायरी, गीत–संगीत, हास्य–प्रसंग आदिमा पनि रुचि थियो । उहाँलाई जान्ने–सुन्नेहरुका अनुसार अँग्रेजी र हिन्दीमा उहाँका व्याख्यान र भाषणबाट उहाँको अध्ययन, अनुशीलन र प्रस्तुति–कौशल स्पष्ट रुपमा झल्किन्थ्यो । उहाँ तीक्ष्ण बुद्धि भएका व्यक्ति हुनुहुन्थ्यो र उहाँमा सराहनीय र स्पृहणीय विश्लेषण–क्षमता थियो ।
राजनीतिशास्त्रमा पीएच.डी.का लागि बिहार विश्वविद्यालयमा पंजीयन गराइसक्नु भएको र दुई–तिहाई शोध–प्रबन्ध तयार गरिसक्नु भएको भएपनि असमयमा मृत्युको क्रूर पंजाले झम्टिलिएको कारणले उहाँले विश्वविद्यालयमा प्रस्तुत गरी विद्यावारिधिको उपाधि आर्जन गर्नसक्नु भएन ।
महेन्द्र विन्देश्वरी क्याम्पस (कलेज)बाट स्थानान्तरित भएर भोजपुर क्याम्पस, भोजपुरमा प्राध्यापन गर्नुभएपछि मेची क्याम्पस, भद्रपुर स्थानान्तरित हुनु भयो । तत्पपश्चात् महेन्द्र विन्देश्वरी क्याम्पस, राजबिराजमा स्थानान्तरित भइ योगदान गर्न थाल्नु भयो । यसरी तराई र पहाड दुबै क्षेत्रमा प्राध्यापनको र पहाडको जीवनको पनि अनुभव संगाल्ने अवसर उहाँले प्राप्त गर्नु भएको थियो ।
उहाँ बडो सौखिन व्यक्ति हुनुहुन्थ्यो । सुन्दर परिधान र स्वादिलो भोजनप्रति उहाँको बडो आकर्षण थियो । शृंगार–प्रसाधनको प्रयोग, विशेषतः सुगन्धी द्रव्यको प्रयोग, नगरिकन रहनसक्नु हुन्थिएन । उहाँलाई पान र चियाको धेरै सोख थियो ।
ढिला–सुस्ती गर्ने उहाँको बानी उहाँको ठूलो कमजोरी थियो । कहिल्यै पनि, कुनै पनि परिस्थितिमा उहाँ छिटो गर्न सक्नु हुन्थिएन । नुहाउन–धुनमा, खाना खानमा, लुगा फेरेर तयार हुनमा समान्यतः लाग्नुपर्ने समयभन्दा उहाँलाई बढी समय लाग्ने गरिन्थियो ।
उहाँको अपत्याशित निधनको समाचारले शैक्षिक वृत्त र बौद्धिक क्षेत्रका सबैलाई स्तब्ध तुल्याइदिएको थियो । उहाँका विद्यार्थी प्राध्यापनको प्रशंसनीय क्षमता भएको व्यक्तिको रुपमा, सहकर्मी विनम्र र शिष्ट व्यक्तिको रुपमा र जान्नेहरुले मिलनसार व्यक्तिको रुपमा उहाँलाई सम्झिरहने छन् ।
वर्षौंको साहचर्य, कैयौं बर्षसम्म हामी दुबैका वास–स्थान एक अर्काको निकट रहेका कारणले उहाँसंग मेरो प्रगाढ सम्बन्ध विकसित हुन गएको थियो । उहाँ र उहाँकी श्रीमतीसंग मेरो निकटताको संगसंगै उहाँका दुबै भाइहरु र भतिजासंग पनि मेरो सामीप्य हुन गएको थियो । उहाँकी श्रीमती निवृत्ति–भरणका लागि जहिल्यै पनि राजबिराज आउँदा मलाई सम्झिनु हुन्थ्यो । उहाँकी श्रीमती र उहाँको एक भाइको निधनपछि उहाँको अर्को भाइ र भतिजासंग मेरो अहिल्यैसम्म पनि आत्मीय सम्बन्ध रहेकोछ । स्व.सिंहलाई जीवनभरि म विस्मरण गर्न सक्दिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ