News Category 2070/10/20
आरक्षको हात्तीहरुको आतंक जारी
दैनिक संवाददाता
राजविराज, १९ माघ ।
कोशी टप्पु वनजन्तु आरक्षबाट आएको हात्तीहरुको समुहले शनिवारराती सप्तरीको घोघनपुर गाविसमा घर भत्काउनुको साथै अन्नबाली नष्ट गरेको छ ।
आरक्षबाट आएको ८÷९ वटा हात्तीहरुको समुहले घोघनपुर गाविस–४ निवासी शिबलाल साह, बच्चु चौधरी लगायतको तीन÷चार वटा घर भत्काउनुको साथै घरमा रहेको अन्नबाली नष्ट पारेका हुन् ।
घर दलानमा राती सुतिरहेको बेला राती करिब १२ बजेतिर आएका हात्तीहरुको समुहले अचानक घर भत्काउन थालेपछि उठेर छोराहरुलाई उठाएर घोघनपुर गाविस–४ निवासी शिबलाल साहले भन्नुभयो–‘‘ हात्ती आएको प्रहरीलाई खबर गर्दा समेत समयमा नआउकाले घर भत्काउनुको साथै घरमा रहेका धान समेत खाएर नष्ट पा¥यो ।” प्रहरी भ्यानमा आएको प्रहरीले हर्न बजाउनुको साथै लाइट बालेपछि हात्तीहरु भागेको साहकने कथन थियो ।
आरक्षबाट रातीको समयमा आउने हात्तीको समुहले सप्तरीको पुर्वी क्षेत्रमा केही दिनयता घर भत्काउनुको साथै बालीनालीमा क्षति पु¥याउँदै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ