News Category 2076/03/01
मिडिया विधेयक पत्रकारहरुलई अंकुश लगाउने प्रयास स्वरुप ल्याइएको छ ः मुख्यमन्त्री राउत

जनकपुरधाम÷प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले हालै ल्याएको मिडिया विधेयक पत्रकारहरुलई अंकुश लगाउने प्रयास स्वरुप ल्याइएको आरोप लगाएका छन् ।
नेपाल पत्रकार महासंघ प्रदेश २ को प्रथम साधारणसभालाई शुक्रबार जनकपुरधाममा सम्बोधन गर्दै मुख्य मन्त्री राउतले मिडिया विधेयकले संघीयता अझ कमजोर बन्ने अवस्था आउने जिकिर समेत गरे ।
उनले संघीय सरकारले पत्रकारहरुलाई असुरक्षित महसुस गराउनु दुःखद भएको बताउँदै यो पनि संघीयतालाई समाप्त गर्ने कदम भएको उल्लेख गरे ।
उनले सरकारबाटै पत्रकारहरुले असुरक्षित महसुस गर्नु कुनै पनि हालतमा ठीक हुन नसक्ने बताए । मिडिया क्षेत्रलाई नियन्त्रणमा लिए संघीयता समाप्त पार्न सजिलो हुने मुख्यमन्त्रीको भनाई छ । यस्तै मुख्य मन्त्री राउतले पत्रकारहरु पूर्वाग्रह र कसैको मुख नहेरी समाचार लेख्न आग्रह समेत गरे ।
प्रदेश सरकारले ल्याएको मिडिया विधेयकमा पत्रकारलाई रु एक करोडसम्म जरिवाना गर्ने उल्लेख गरिनु कर्मचारीको बदमासी भएको भन्दै उनले प्रदेश सरकार जहिल्यै पनि मिडियामैत्री बन्ने बताए । उनले प्रदेश सरकारले बनाउने नियम र कानुनहरु पत्रकारमैत्री हुने बताउँदै उनले आफूहरुले पत्रकारको भूमिकालाई नबिर्सेको र नबिर्सिने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले प्रदेशमा पत्रकारको स्वतन्त्रता कुनै पनि हालतमा हनन हुन नदिने प्रतिबद्वता जनाए ।
उनले आफूहरुले ल्याएको संचार विधेयकमा पत्रकारहरुलाई जरिवाना लगाउने कुरा इरर भएको बताउँदै आफूले भोलिपल्ट नै त्यसलाई विज्ञप्ती मार्फत् सच्चयाउने बताइसकेको स्मरण गराउँदै आफूहरु पत्रकारमैत्री प्रदेश बनाउन लागेको बताए ।
प्रदेशभित्रका मिडिया हाउसको स्तरन्नोतिका लागि आफूहरुले काम गरिरहेको बताउँदै उनले पत्रकारहरुको विमा सम्बन्धी कामलाई पनि अघि बढाइने बताए ।
सोही कार्यक्रममा भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले संघीय सरकारको सम्बन्ध जनतासँग विच्छेद भइसककेो बताउँदै अब जनता नै सरकारबिरुद्व उत्रेको बताए ।
कार्यक्रममा प्रदेश २ का नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल, राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेल, वरिष्ठ पत्रकार हरिहर बिरही, नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र, केन्द्रीय सदस्यद्वय अवधेश झा र सुरेश यादव, नेपाल पत्रकार महासंघका प्रदेश सल्लाहकार बिरेन्द्र रमण, संघीय प्रेस फोरमका प्रदेश अध्यक्ष श्यामसुन्दर यादव सहितकाले बोलेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/10/28 मलाह कल्याण संघले थालेको रिले अनसन चौथो दिन पनि जारि
- 2081/10/28 तिरहुतमा तीन दिवसीय कुस्ती प्रतियोगिता सम्पन्न
- 2081/10/27 विभिन्न प्रहरी कार्यालयहरुमा देखिएका भौतिक तथा सवारीसाधानको समस्या १५ दिनभित्रै समाधान हुने ः गृहमन्त्री लेखी
- 2081/10/27 महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिने तालिम सुरु
- 2081/10/24 इ–रिक्सा र अटोरिक्सा मध्ये ३१ वटाको मात्र विधीवत दर्ता
- 2081/10/24 गाजासहित दुई पक्राउ
- 2081/10/24 पानी तान्ने मोटर चोरीको आरोपमा एक पक्राउ
- 2081/10/24 लागु औषधसहित एक पक्राउ
- 2081/10/24 अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न
- 2081/10/24 पिएम कप जिल्ला छनौटमा लोहजरा बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ